३ साउन, दाङ । तुलसीपुरका डेरी व्यवसायीहरुको बैठकले तुलसीपुरमा समायोजन गरिएको दुधको मुल्य आजदेखि लागु गरेको छ । दुधको मुल्य वृद्धिका लागि लामो समयदेखि किसानहरुले माग गर्दे आएका थिए । डेरी व्यवसायीहरुले निणर्य गरे अनुसार नेपाल सरकारले तोकेको एक लिटर दुधको खुद्रा मूल्य अब देखि ८० रुपैया भएको छ । त्यसैगरी एक लिटर दहिको खुद्रा मूल्य ९० रुपैया, एक किलोग्राम घ्यूको खुद्रा मुल्य १ हजार २ सय रुपैया र एक किलोग्राम पनिरको मुल्य सात सय रुपैया निर्धारण गरिएको डेरी व्यवसायी गणेश डेरी उद्योगका सञ्चालक विनिल केसीले बताए । त्यसैगरी डेरी व्यवसायीहरुले गुणस्तरका आधारमा दुध खरिद गर्ने भएका छन् सोहि अनुसार किसानबाट डेरी उद्योगले खरिद गर्ने दुधको मूल्य समेत निर्धारण गरेका छन् । दाङको घोराही क्षेत्रमा गत बर्षदेखि नै दुध प्रति लिटर ८० रुपैया र दहि प्रति लिटर ९० रुपैया बिक्रि हुँदै आएको छ ।

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धीत समाचार
चामल बाँडेपछि मन्त्री चौधरीलाई २५ हजार जरिवाना
चुनाबकै मुखमा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश
जित नजिक घनश्याम पाण्डेकाे प्रदेश यात्रा