काठमाण्डाै । सलहको अर्को झुन्ड नेपाल प्रवेश गर्न सक्ने र अब नेपालमा आउने सलहको झुण्डले धेरै क्षति गर्नसक्ने भएकाले सावधानी अपनाउन विज्ञले आग्रह गरेका छन् ।
भारतीय सिमावर्ती क्षेत्रमा १५,२० करोडको संख्यामा सलहको झुण्ड रहेको र त्यसमध्ये आधा मात्रै नेपाल आए भने पनि धेरै क्षति गर्न सक्ने प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रले जानकारी दिएको छ । तर त्यसमध्ये कति नेपाल आउँछन् र कत्रो झुण्डमा आउँछन् भन्नेमा भर पर्ने भनाई छ ।
भारतको राजस्थानमा रहेको यी सलहको झुण्ड मौसम अनुकूल भएमा भोलितिर नेपाल प्रवेश गर्ने सम्भावना भएको बताइएको छ । भोलिदेखि हावाको दिशा दक्षिणबाट उत्तरतिर बहने र तीब्र बेगमा बहने हुनाले नेपाल आउन सक्ने सम्भावना धेरै रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रले जनाएको छ ।
तर नेपालमा मनसुन थप सक्रिय भैरह्यो भने भोलि नआएर अर्को २, ३ भित्र पनि आउन सक्ने छ । यी झुण्ड नेपाल आउँदा पश्चिम तराईबाट आउने भएकाले पश्चिम तराईका किसानले सावधानी अपनाउन आग्रह गरिएको छ ।
सलहको झुण्ड आउने सम्भावना भदौसम्म नै भएको प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रले जानकारी दिएको छ । यस्तै केही दिनअघि नेपालमा आएका सलहका झुण्ड भने सुर्खेतको छिन्चुमा रहेका छन् । सुर्खेतका केही ठाउँमा तरकारी र आँपमा नोक्सानी गरेको पनि बताइएको छ ।
तर नोक्सानी कति भयो भन्ने विवरण भने नआएको प्लान्ट क्वरेण्टीन तथा विषादी ब्यवस्थापन केन्द्रको भनाई छ । छिन्चुमा विज्ञकै सहायतामा विषादी छर्कने लगायतको काम पनि भइरहेको छ ।
सम्बन्धीत समाचार
बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो
नेकपा ऐमाले शान्तिनगरद्वारा विभिन्न वडाहरूमा घरदैलाै कार्यक्रम सम्पन्न
पाँच बर्ष भित्र गङटेसम्मको सडक कालोपत्रे हुनेछ : भुवनेश्वर पौडेल