October 24, 2020

Himal News

Nepali News Portal

कमल गाउलेको २०औं गाईजात्रा के के हुने हो सार्वजनिक (भिडियो सहित )

८ साउन,दाङ ।दङ्गाली चर्चित हास्यव्यंग्य कलाकार कमल गाउलेको २० औं गाइजात्रा के के हुने हो ( k k hune ho ) आज सार्वजनिक गरिएको छ । पत्रकार महासंघ घोराहीमा एक कार्यक्रमका विच नयाँ गाइजात्रालाई कमल गाउलेको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै गाइजात्राका निर्माता तथा कार्यक्रमका सभापति कमल गाउले ले आफू २०औं वर्ष पहिलेदेखि समसामयिक बिषयबस्तुमा हरेक गाइजात्रामा व्यंग्य गर्दै आइरहेको र यसपटक पनि भ्रष्टाचार र बेथितिलाई बिशेश व्यंग गरेर यो गाइजात्रा तयार पारेको बताउनुभयो । त्यस्तै गाइजात्रालाई हेरिसकेपछी अन्त्यमा प्रतिक्रिया दिदै कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माले गाइजात्रा एकदमै उत्कृष्ट भएको र समसामयिक बिषयलाई टपक्क टिपेर गाइजात्रा बनाएकोमा कमल गाउलेलाई धन्यवाद दिदै बधाई ज्ञापन गर्नुभयो । देशमा बेथिती र भ्रष्टाचार बढेको बताउदै यस्ता लेख रचनाले मात्रै नभएर अन्य माध्यम बाट पनि युवावर्गहरुले बेथिति विरुद्ध आवाज उठाउनपर्ने शर्माले बताउनुभयो । कमल गाउलेको सभापतित्व रहेको कार्यक्रममा नारायण प्रसाद शर्मा प्रमुख अतिथी रहनुभएको थियो । अतिथिहरुमा पत्रकार महासंघका अध्यक्ष सविन प्रीयासन, एओन टेलिभिजनका प्रवन्ध निर्देशक अमृतमान वली,जेसिज घोराहीका उपाध्यक्ष जगत जिएम,वरिष्ठ पत्रकार सुशील गौतम लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार निमु संगम घर्तिले गर्नुभएको थियो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्

तपाईले छुटाउनु भयो की ?