October 20, 2020

Himal News

Nepali News Portal

सम्पादकीय : भरिभराउ यात्रु राखेर दोब्बर भाडा असुल्नु असोभनिय

९ साउन दाङ । लामो समयदेखी चलिरहेको लकडाउन हटाएपछी अव बिस्तारै चहलपहल बढ्दै गएको छ । छोटो दुरिका सार्वजानिक गाडीहरु लगभग चल्न थालीसकेका छन । यातायात सन्चालनका लागि बिभिन्न सुरक्षा मापदण्ड तोकियो र त्यस्ता मापदण्ड पुरा गरेर यातायात सन्चालन गरेर ५० प्रतिशत बढी भाडा उठाउन सकिने भनेर सरकारले नै छुट दियो । तर यहाँ अहिले ठीक त्यसको उल्टो भैइरहदा पनि न सर्वसाधारण यो बिषयमा आवाज उठाउछन न कुनै निकायले यसको नियमन गरेको छ ।

सिट क्षमता भन्दा आधा प्यासेन्जर राख्ने,गाडीमा सेनिटाइजरको व्यवस्था गर्ने र अन्य सुरक्षाका उपाएहरु अपनाउनु पर्ने भनिएको छ । तर दाङमा आन्तरिक रुपमा सन्चालनमा आएका सार्वजानिक यातायातहरुलाई हेर्दा त्यस्ता कुनै मापदण्ड पुरा भएको देखिदैन । गाडीमा उभिने ठाउँ पनि नराखेर यात्रु कोचिएका छन र भाडापनी दोब्बर असुली भइरहेको छ । तर पनि अप्ठ्यरोमा परेका सर्वसाधारणहरु केही नबोलेरै ब्याध्यात्मक यात्रा गरिरहेका छन ।

लकडाउनले अहिले यातायात व्यवसायी मात्रै होइन सबै सर्वसाधारण पनि उत्तिकै मारमा नै छन । उनिहरुको पनि आर्थिक अवस्थामा उतारचढाव भएको छ । तर आफ्नो समस्यालाई पहाड बनाएर दोब्बर भाडा असुल्दा पनि हामी मारमा छौँ  भन्ने तर सर्वसाधारणको समस्यालाई नजरअन्दाज गर्ने कार्य यातायात व्यवसायी बाट गरिनु असोभनिय छ ।

तपाईं मापदण्ड पुरा गरेर दोब्बर भाडा उठाउनुहोस् त्यस्मा हाम्रो कुनै आपत्ति होइन तर प्यासेन्जर मनपरी रुपमा कोच्ने,सुरक्षाका कुनै पनि मापदण्ड पुरा नगर्ने अनी भाडा चाँही दोब्बर उठाउन पाउनपर्छ भन्नु कत्तिको न्याय संगत होला । आउनुहोस हामी सबै मिलेर  कोरोनाले निम्ताएको बेथिती सँग लड्न तयार बनौं  तर म मात्रै जोगिनलाई अरुलाई दबाउन पाउनपर्छ भन्ने मनोभावनालाई हटाउ । तव मात्र हामी असल मानवको दर्जामा गनिन सक्ने हुन्छौं  ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्