October 24, 2020

Himal News

Nepali News Portal

चलचित्र पत्रकार संघ दाङद्वारा संगीतकार सन्तोष श्रेष्ठलाई सम्मान

१० साउन,दाङ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगित गरेर गिनिच बुकमा नाम लेखाउन सफल संगितकार सन्तोष श्रेष्ठलाई स्वागत एवं सम्मान गरेको छ । संघले संगितकार श्रेष्ठलाई आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी बधाई एवं सम्मान व्यक्त गरेको हो ।

संघका दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा सामुदायिक रेडियो प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यता एवं संगितकार श्रेष्ठको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

संगितकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च, इटालियन, जर्मन र थाइ भाषा गरेर १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लखाएर विश्व कृतिमान राख्नुभएको हो । संगितकार श्रेष्ठले समाजका कुरा बोल्ने गितसंगितले जीवन्त पाउने बताउनुभएको छ । उहाँले संख्यात्मक रुपमा धेरै सिर्जनाले मात्रै उचाईमा पुग्ने नहुने भन्दै थौरै सृजनाले पनि कलाकार जीवन्त हुन सक्ने बताउनुभयो ।

त्यस अवसरमा सामुदायिक प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी , चलचित्र पत्रकार संघका सल्लाहकार शरद रेग्मी, सामुदायिक प्रशारक संघ प्रदेश ५ का सचिव संगीत बस्याल,राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटा, सिस्नोपानी नेपालका अध्यक्ष डाक्टर लोकराज पराजुली लगायतले संगितकार श्रेष्ठको विश्व कृतिमानीले दाङलाई पनि चिनाउन सफल भएको बताउनुभयो । कार्यक्रममा संघका उपाध्यक्ष सन्तोष के.सी.ले स्वागत मन्तव्य राख्नु भएको थियो यस्तै धन्यवाद ज्ञापन संघका संथापक उपाध्यक्ष चेतन रेग्मीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघका सचिव पूर्ण केसीले गर्नुभएको थियो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्

तपाईले छुटाउनु भयो की ?

1 min read
1 min read
1 min read