१३ साउन,सुनसरी । विश्व वातावरण दिवस २०२० को अवसरमा सुनसरी जिल्लाको रामधुनी, ७ को युवा समुहले बृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
प्रदेश नम्बर १ को सुनसरी जिल्लामा पर्ने यो समुहले रामुधानीमा रहेको मन्दिरको सरसफाई गर्नुका साथ मन्दिर परिसर वरिपरि र उजाड जमिनमा बृक्षरोपण पनि गरेको हो । समुहका अध्यक्ष अमन कुमार चौधरीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्थानिय युवा तथा बुद्धिजीवीहरुको उल्लेख्य सहभागिता भएको थियो ।
आजको कार्यक्रममा मात्रै करिव २ हजार भन्दा बढी बिरुवा रोपिएको अध्यक्ष अमन कुमार चौधरीले हिमाल न्युजलाई जानकारी गराउनु भयो । सामाजिक सचेतना र सेवा भावले खोलिएको यश सस्थाले थुप्रै सामाजिक कार्यहरु गरिरहेको र यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिदै जाने समुहका अध्यक्ष अमन कुमार चौधरीले बताउनु भएको छ ।
सम्बन्धीत समाचार
चामल बाँडेपछि मन्त्री चौधरीलाई २५ हजार जरिवाना
चुनाबकै मुखमा माओवादी केन्द्रका नेता एमालेमा प्रवेश
जित नजिक घनश्याम पाण्डेकाे प्रदेश यात्रा