पूजनिय बाब गोडा ढोग
हजुरको गोडा देख्न नपाई
ढोग्न थालेको पनि आज ७ वर्ष पुगेछ
म ३ वषको हुदो हुँ
तपाइले झोला भिरेको
अनी मैले हेर्दा हेर्दै बसको ढोका भित्र छिरेको
कता कता सपना हो कि जस्तो लाग्छ
तर ब्युझदा बाबा छेउमा देख्दिन अनी सोच्छु
मेरो बाबा त मेरो लागि नयाँ नाना पो जोड्न जानुभाको ।
बाबा !
मेरो नाना र खानाको लागि
आफुले खाना र नाना काटेर जोडेको नानाले
म कसरी खुसी बनु
मेरा साथीहले आफ्नो बाबाको बुढी औला समाएर
गाउभरी डुलेको देख्दा
मलाइ मेरो नयाँ नाना र मीठो खानाले खुशी दिएन बाबा ।
मेरो साथीले आफ्नो बाबाको बलियो हातले
घरछेउको खोलिमा नुहाएको देख्दा
मलाई मेरो घरको छतमा भएको ट्यान्किको पानीले नुहाउदा
मयल गएन बावा ।
अस्ती रामुको बाबाले रामुलाइ खेतमा हलो जोत्न सिकाउदा
उ कत्ती खुशीले बाबाको पछी पछी दौडन्थ्यो
तर बाबा तपाइले मेरो लागि किनिदिएको
घरको छतमा भएको समेटको आगनमा
तपाईले नै पठाएको जेसबी जतै खेलौना गुडाउदा पनि
मेरा आँखाले तपाईं संगै जोत्न लागेको खेत खोज्दै थिए ।
बाबातपाइले नखाएर मेरो लागि कमाएको
खाना मलाइ नपठाउनुस,किनकी
मलाई खाना खुवाउने मेरो बाबा म सँग छैन ।
बाबा तपाइले नलगाएर मेरो लागि किनिदिएको
नाना नपठाउनुस,किनकी
मलाइ नाना लगाइदने मेरो बाबा म सँग छैन ।
बाबा बरु तपाईं छिट्टै आउन मदैन र ?
मलाइ तपाई संगै खोलिमा गएर नुहाउन मन छ,
मलाइ तपा संगै हजुरआमाले पकाएको
साग र ढडो खाना र खुवाउन मन छ,
मलाई तपाईं संगै खेतमा गएर जोत्न
अनी हाम्रै बारीमा खानेकुरा फलाउन मन छ,
मलाई तपाईको बुढी औला समाएर गाउँ घुम्न
अनी घुमाउन मन छ ।
बाबा तपाईं छिट्टै आउनुस न है
म तपाईं आउने चिलगारी कुरिरहन्छु ।
सम्बन्धीत समाचार
बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो
नेकपा एमाले बबईद्वारा घर दैलाे अभियानलाई तिब्रता
नेकपा एमाले बबईको अध्यक्षमा टंकराज विश्वकर्मा