October 20, 2020

Himal News

Nepali News Portal

च्याम्पियन्स लिग: उपाधीका लागी बायर्न म्युनिख र पीएसजी आज भिड्दै


७ भदौ  । युरोपेली क्लबहरुको सबैभन्दा ठुलो फुटबल लिग च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज हुँदैछ ।

पोर्चुगलको लिस्बनमा नेपाली समय अनुसार राति पौने एक बजे हुने खेलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी उपाधी भिडन्त हुँदैछ ।

पाँच पटक उपाधि जितेको बायर्न म्युनिख ११ औं पटक फाइनल खेल खेल्दैछ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

सेमिफाइलनमा बायर्नले लियोनलाई र पीएसजीले लाइप्जिगलाई हराएको थियो ।

लिगका सबै खेलमा उत्कृट प्रदर्शन गरेको बायर्न छैठौं पटक उपाधि जित्ने योजनामा छ भने पीएसजी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेर इतिहास रच्ने दाउमा रहको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्