October 24, 2020

Himal News

Nepali News Portal

घोराहीको मुख्य चोकमा सधै टालटुल

विमला घर्ती


८ भदौ,घोराही ।
स्थानीय पालिकाहरुमा जनप्रतिनिधीहरु आएपछि धेरैलाई लागेको थियो अव विकासले रफ्तार लिनेछ । जनप्रतिनिधिले निर्वाचनको समया स्थानीय विकासलाई प्राथमिकतामै राखेका थिए । जनप्रतिनिधिहरुले पुराना भत्किएका सडकलाई पिच र नयाँ सडकको ट्रयाक खोल्ने प्रमुख योजना बनाए । सवैठाउँमा सडक सुबिधा पुर्याउने योजनाका अनुसार कतिपय स्थानमा काम भए । तर घोराहीको मुख्य सडक अर्थात भानु चोक( तुलसीपुर चोक भनिने)को अवस्था भने उस्तै छ । लामो समयदेखि सडकमा ग्रावेल हालेर काम चलाउ बनाइएको छ । केही महिनाको अन्तरमा बाटोमा ग्राभेल हालिन्छ । तर सडक दुर्घटनाको कारक बन्दै गएको छ ।

बर्षौदेखि भानु चोकलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल चल्दछ । यहि चोक भएर तुलसीपुर र लमही जाने गाडीहरु मात्रै होइन दाङबाट बाहिर जिल्लामा जाने यातायातका साधनहरु रुक्छन् । जहाँ हरेक क्षण प्रहरीको डिउटी हुन्छ । बाहिरबाट आउने मानिसहरु झर्ने र चढ्ने ठाउँ भनेकै घोराहीको भानु चोक हो । तर यहि चोक हेर्न लायकको छैन् । बर्षातको झरीमा पानीका पोखरी बन्छन् । भने हिउँदमा धुलो थेग्न नसकिने अवस्था हुन्छ । केही दिन अगाडी सोही सडकमा बालुवा बिच्छाइयो । फोरलेन सडक आयोजनाले केही दिन अगाडी मात्र सडकमा बालुवा तथा खाल्डा खुल्डी पुर्ने काम गरेको छ । यो सडक समस्याको दिर्घकालिन समाधान होइन भन्ने सबैलाई थाहा छ । बालुवा तथा गिट्टी छर्ने काम बर्षाे देखि हुँदै आएको छ । केही समय पछि अवस्था दोहोरीन्छ ।

आधा दशक बितिसक्दा पनि सडक निर्माणले पूर्णता पाउन नसक्दा घोराही बजारकै मुख्यचोकको अवस्था बिजोग बनेको छ । पिच हुन नसक्दा सडकमा खाल्टाखुल्टी हुने समस्या दोहोरिदैँ आएको छ । ती खाल्टाखुल्टीका कारण भएको सडकसमेत उप्कँदै गएको छ । सडकको ३० मिटर चौडाइमध्ये उत्तरतिरको १५ मिटर पिच हुन सकेको छैन । लामो समय भइसक्दा पनि सडक कालोपत्रे नहुँदा पानी नपर्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने गरेको सडक छेउँमा बस्नेहरुले बताउने गरेका छन् । घोराहीको भानु चोकदेखि पश्चिमतिरको करीब एक सय मिटर सडक विस्तार सँगै कालोपत्रे गर्ने गरी आर्थिक बर्ष ०७२/७३ मा विजय बिल्डर्स निर्माण सेवासँग सडक डिभिजन कार्यालयले सम्झौता गरेको थियो । १८ महिनामा सक्ने गरी सम्झौता भए पनि अझै सडकले पूर्णता पाउन सकेको छैन । सम्झौता अनुसार निर्माण पक्षले काम गर्दागर्दै घोराही–१५ घोराही चोकका सावर्णीबहादुर बस्नेत (हाल निधन भइसकेको) ले ०७३ वैशाख २१ गते तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) मा मुद्दा दायर गरे । उनले मुद्दा दर्ता गरेको १५ महिनापछि ०७३ भदौको २८ गते अदालतले सडक विस्तारको काम भइरहेको जग्गा बस्नेतको नाममा रहेको भन्दै सडक निर्माणको काम नगर्न÷नगराउन आदेश दिएको थियो । अदालतको आदेशका कारण अझै सडक निर्माण हुन सकेको छैन ।

०७४ भदौ महिनादेखि रोकिएको सडक विस्तारको काम अझै अन्यौल छ । काम सुरु हुने समय यकिन भएको छैन । उच्च अदालतको फैसला पुनरावेदनका लागि सडक डिभिजन कार्यालय दाङले ०७४ माघ ८ गते सर्वाेच्च अदालतमा पुनरावेदन गरेको थियो । अदालतको आदेशका कारण रोकिएको उक्त सडक अहिले चारलेन सडक आयोजनालाई उक्त सडक हस्तान्तरण गरेको सडक डिभिजन कार्यालय दाङका प्रमुख नीरज शाक्यले बताउनुभयो ।

शाक्यका अनुसार अब यो सडक चारलेन सडक आयोजनालाई हस्तान्तरण गरिएको छ । निर्माणको काम पनि सोही आयोजनाले गर्नेछ । सर्वाेच्चको फैसला नआउँदासम्म सडक निर्माणले पूर्णता पाउन नसक्ने समेत उहाँले बताउनुभयो । सर्वाेच्चबाट अहिले हामीलाई केही नोटिस आएको छैन् । चारलेन सडकले बालुवा हाल्ने खाल्डा खुल्डी पुर्ने काम गरेको छ, उहाँले भन्नुभयो । सडक निर्माणको लागि सर्बाेच्चको आदेशको पर्खाइमा भएको उहाँको भनाई छ ।

यता घोराही उपमहानगरपालिकाले यहि चोकमा दंगिशरण राजा चढेको घोडाको प्रतिमा राख्ने योजना बनाएको छ । घोराहीको गुम्ह्रा चोकमा घोडा र घोडीको प्रतिमा राखिसकिएकाले भानुचोकमा पनि प्रतिमा राख्ने कुराको स्थानीयले विरोध गर्दै आएका छन् । स्थानीयले भानु चोकका रुपमा २०५७ सालमा तत्कालिन नगरपालिकाले निर्णय गरेकाले भानुभक्तको शालिक राख्नुपर्ने र चोकको नाम पनि भानु चोक राख्नुपर्ने माग गर्दै आएका छन् । गत असारको अन्तिमतिर घोराही उपमहानगरपालिकाले चोकमा आइल्याण्ड बनाएको छ । एउटा व्यावसायिक कम्पनीलाई आइल्याण्ड राख्न दिएको भएपनि केही समय पछि त्यो आइल्याण्ड हटाएर नगरपालिकाले घोडाको प्रतिमा राख्ने निर्णय गरेको थियो । जसका कारणले पनि मुख्य चोकले दुर्घटनाको जोखिन निम्त्याइरहेको देख्न सकिन्छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्

तपाईले छुटाउनु भयो की ?