हिमाल खडका
९ भदौ, दाङ ।नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल थपिएन भने अबको १९ दिनपछि नेपाल विद्युत प्राधिकरणबाट उनको निर्देशकको कार्यकाल सकिने भएको छ । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
प्राधिकरणमा ४ वर्षे नेतृत्व सम्हाल्दा चर्चामा आएका घिसिङ अब जान्छन् र के गर्छन् भन्ने चासो पनि धेरै मानिसहरुमा देखिएको छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा तान्नुभन्दा अघी उनी चिलिमे जल बिद्युत आयोजनामा कार्यरत थिए ।
आफुभन्दा सिनियर व्यक्तिहरु हुँदाहुँदै पनि कार्यकारी निर्देशकको जिम्मेवारी पाएका घिसिङका सामु थुप्रै चुनौतीहरु थिए । तर नियुक्त भएको २ महिना मै काठमाडौं उपत्यकालाई र १ वर्षको अवधी भित्रमा पुरै देशलाई नै लोडसेडिङ मुक्त गर्न सफल भएका उनी एकाएक जनमानसमा चर्चामा आए ।
घाटामा रहेको प्राधिकरणलाई कारीव १२ अर्व नाफामा पुर्याउन सफल भएपछी त झन उनको कार्यकौशलतामा प्रश्न उठाउने ठाउँ नै रहेन । १८ घण्टासम्मको लोडसेडिङ भोगेका नेपालीहरु उनको कार्यकाल सकिने हो र उनी पुन: नदोहोरिने हो भने आफुहरुले फेरी पनि लोडसेडिङ भोग्न पर्नसक्ने भन्दै उनको कार्यकाल दोहोरिन पर्नेमा छन ।
कार्यकाल सकिने र उनी बिदा भएर जान पर्ने दिन नजिकै आईरहेका बेला अहिले बिदा गर्ने वा राख्ने भन्ने बहस निकै चलेको छ । लोडसेडिङ मुक्त गरेर र घाटामा रहेको प्राधिकरणलाई नाफामा फर्काएर आफ्नो दक्षता प्रस्तुत गरिसकेका कुलमानलाई देशका लागि र प्राधिकरणका लागि दोहोर्याउनु बाहेक अर्को बिकल्प छैन ।
सम्बन्धीत समाचार
बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो
नेकपा एमाले बबईद्वारा घर दैलाे अभियानलाई तिब्रता
नेकपा एमाले बबईको अध्यक्षमा टंकराज विश्वकर्मा