October 20, 2020

Himal News

Nepali News Portal

बागचौर नगरपालिकाको डुम्मारे भयो नमुना मगर बस्ति

१ असोज,सल्यान। सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ मा पर्ने डुम्मारे नामक गाउँको नाम परिबर्तन गरिएको छ। कोरोना महामारिकै समयमा पनि सुरक्षाका सम्पुर्ण उपायाहरु अपनाउदै एक बृहत् गाउँ भेलाबाट नाम परिबर्तन गरि डुम्मारे लाई हटाएर नयाँ नाम नमुना मगर बस्ती घोषणा गरिएको हो। मगरहरुको बाहुल्यता रहेको यो बस्तिको नाम उहिले देखि डुम्मारे भएपनी यस्को कुनै विशेष अर्थ र ईतिहास नभएकाले नाम परिबर्तन गरिएको वडा नम्बर ४ का वडा सदस्य एवम् सोही गाउँका बासिन्दा तुलसिराम घर्तिले जानकारी दिए।उनले भने “हामिले नाम परिबर्तन गरेर मात्रै यो बस्तिको पहिचान पक्कै पनि बन्दैन तसर्थ अब नयाँ नाम नमुना मगर बस्ती लाई सार्थक र पहिचानमुखी बनाउनका लागि हामी नयाँ ढङ्गबाट काम गर्ने योजना बनाउदै छौ।त्यस्पछी मात्रै हामिले आज गरेको यो काम एउटा सुनौलो ईतिहास बन्ने छ।”
शिशु कल्याण आधारभुत बिध्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा वडा नम्बर ४ का सम्पुर्ण पदाधिकारी सहित विभिन्न तह र तप्काका ब्यक्तिहरुको उपस्थिती रहेको थियो।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्