October 20, 2020

Himal News

Nepali News Portal

आज देशभर १२ सय ४ जनामा कोरोना पुष्टि,आजै ११ जनाको कोरोनाबाट मृत्यु

३ असोज,काठमाण्डाै।  पछिल्लो  २४ घण्टामा १२ सय  ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६२ हजार सात सय ९७ पुगेको छ । आज गरिएको १० हजार ३  सय ३३ जनाको पीसीआर परीक्षणमा १२ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

यस्तै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४  सय नाघेको छ । गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १४ सय ४७ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणबाट निकाे भएर घर फर्कनेको संख्या ४५ हजार दुई सय ६७ पुगेको छ । अब नेपालमा १७ हजार एक सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै सात हजार सात सय ३५ जना क्वरेण्टीनमा रहेका छन् ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्