October 24, 2020

Himal News

Nepali News Portal

संविधान दिवसको अवसरमा दार्मा गाउपालिका सल्यानद्वारा ब्याडमिण्टन प्रतियोगिता सम्पन्न

३ असोज, सल्यान।  दार्मा गाउपालिकाले ब्याडमिन्टन प्रतोयोगिता सम्पन्न गरेको छ । संविधान दिबसको अबसर पारी खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो ।  २०७२ साल आस्बिन ३ गतेको दिन नेपालको संविधान जारी भयको दिनलाई देसैभरी बिबिध कार्यक्रम गरि मनाउने गरियको छ!कोरोना भाईरस (कोभिड 19) को प्रभाबले गर्दा बृहत कार्यक्रमको आयोजना गर्न नसकिएकाले थोरै खेलाडि समाबेस हुने भयको हुदा यो खेलको आयोजना गरिएको दार्मा गाउपालिका अध्यक्ष निमबहादुर के.सि.(अरुण)ले बताउनुभयो ।

बिबिध खेलकुदका कार्यर्यक्रमको आयोजना गर्ने आफुहरुको चाहाना हुदाहुदै पनि अहिलेको यो कोरोना संक्रमणको जोखिम उच्च भयको हुदा सुरक्षाका उपायहरुको प्रयोग गर्दै सिमित खेलको आयोजना गर्न बाध्य भयको दार्मा ब्याडमिन्टन सघका अध्यक्ष मिनबहादुर वलिले बताउनु भयको थियो!
बिभिन्न गाउपालिका र नगरपालिकाबाट जम्मा १३ वटा टिम सहभागी रहेको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान बागचौर नगरपालिकाले ल्याउना सफल भएको छ । बागचौर नगरपालिका ब्याडमिन्टन खेलाडी खिमराज डि.सि र सन्तोस वलिको जोडिले प्रथम स्थान ल्याउदा दार्मा गाउपालिका दोस्रो ,कुमाख गाउपालिका तेस्रो भएका छन भने चौरजारी नगरपालिका रुकुम शान्त्वना भयको छ । बिजेता टिमलाई क्रमशःपाँच हजार,तिन हजार,दुई हजार र पन्ध्र सय नगद राशी सहित सम्मान गरियको थियो ।

सम्पुर्ण खेलाडीहरुलाई दार्मा गाउपालिकाले खाना,नास्ता तथा बास बस्नको राम्रो ब्यबस्था मिलाएको थियो दार्मा । गाउपालिकाले जिल्लामै नमुना कार्यक्रम संचालन गरेको भन्दै खेलाडिहरुले दार्मा गाउपालिकाप्रती हार्दिक आभार प्रकट गरेका छ्न ।

गाउपालिकस अध्यक्ष निमबहादुर केसि अरुणको प्रमुख आथित्यता रहेको कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य ,बिभिन्न वडाका अध्यहरु ,बिधलयका प्रअ हरुको आथित्यता रहेको थियो । दार्मा ब्याडमिन्टन सघका अध्यक्ष मिनबहादुर वलिको अध्यक्षतामा सम्पन्न भयको कार्यक्रमको सहजीकरण सचिब अनिलले गर्नु भयको थियो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्

तपाईले छुटाउनु भयो की ?