October 20, 2020

Himal News

Nepali News Portal

दिल्ली र पन्जावको पहिलो खेल नै सुपर ओभरमा,दिल्लीको विजयी शुरुआत

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सुपर ओभर मार्फत विजयी सुरुवात गरेको छ । आइतबार राती भएको रोमाञ्चक खेलमा किङ्स ११ पन्जावमाथी सुपर ओभरमा जित निकाल्दै दिल्लीले विजयी सुरुवात गरेको हो। सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङमा आएका थिए । राहुलले पहिलो बलमा २ रन जोडेपनि दोस्रो बलमा भने क्याचआउट हुन पुगे । त्यसपछि अर्को बलमा नै रबाडाले पुरणलाई बोल्ड गर्दै दिल्लीलाई बलियो स्थितिमा पुर्याए । जवाफमा दिल्लीले ऋषभ पन्त र श्रेयस ऐरलाई ब्याटिङमा पठाएको थियो । मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखेपनि दोस्रो बल भने वाइड फ्याँके । पन्तले दोस्रो बलमा २ रन जोड्दै दिल्लीलाई विजयी सुरुवात दिलाए । त्यसअघि जितका लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्