October 20, 2020

Himal News

Nepali News Portal

कर्णाली प्रदेशमा भर्चुअल प्रतियोगितात्मक बहस सम्पन्न


१६ असोज ,कर्णाली । एकीकृत अखिल नेपाल शिक्षक संगाठन केन्द्रिय समितिको देशब्यापी कार्यक्रम अनुसार एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश राहत शिक्षक विभागको आयोजनामा ‘‘ शैक्षिक आन्दोलनमा अधिकार र कर्तब्यको प्रश्न’’ विषयक प्रतियोगितात्मक भर्जुअल बहस कार्यक्रम आज कर्णाली प्रदेशमा सम्पन्न भएको छ । संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीको प्रमूख आथित्यता, शिक्षक महासंघ केन्द्रिय सहअध्यक्ष पूर्ण प्रसाद दवाडीको विशिष्ट आथित्यतामा तथा संगठनको कर्णाली प्रदेश इन्चार्ज शान्ति ढकाल,प्रदेश अध्यक्ष रेश्मीलाल चपाइ ,राहत शिक्षक विभाग केन्द्रिय इन्चार्ज बिरेन्द्र मल्ल,संयोजक बिष्णु भट्टराइ सचिव राजन अमगाइ लगायतका शिक्षक नेताहरुको आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा अथितिहरुले मन्तब्यको क्रममा बोल्दै ‘‘बन्दावन्दीको समयमा शिक्षकहरु प्रविधि मैत्री बन्न अपडेट हुनैपर्ने , शिक्षक हक हितका सवालमा राष्ट्रिय बहसको विषय उठान गरेको हाम्रो संगठनका सदस्यहरु गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा तल्लीन हुनु पर्ने ’’ कुरामा जोड दिनु भएको थियो ।
कर्णाली प्रदेशका ८ जिल्लाबाट सहभागी भएका प्रतियोगी शिक्षकहरुले शिक्षकहरुका अधिकार र कर्तब्यलाई संगसगै अगाडी बढाए मात्र शिक्षा क्षेत्रमा आमूल परिवर्तन सम्भव भएको कुरामा जोड दिएका थिए । नन्दराम गुरुङ,डा.पूर्ण भण्डारी पंकज, प्रेमा ढकाल निर्णायक रहेको उक्त बहसमा बिरेन्द्र प्रकाश डि.सी. (सल्यान) प्रथम, राम के.सी. (सुर्खेत) दोश्रो र मान बहादुर बोगटी (कालिकोट) तृतीय भएका थिए । प्रतियोगितामा छनौट भएका तीनजनालाई यही २१ गते केन्द्रमा हुने बहसमा कर्णाली प्रदेशको तर्फबाट छनौट गरीएको छ । करीब ८० जनाको उपस्थितिमा सम्पन्न उक्त भर्चुअल बहसको सभापतित्व राहत शिक्षक विभाग कर्णाली प्रदेश संयोजक श्याम ओली र संचालन प्रदेश सचिव रविकिरण ओलीले गर्नुभएको थियो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्