October 20, 2020

Himal News

Nepali News Portal

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरको सहज जित,कोलकत्ता नाइट राइडर्स ८२ रनले पराजित

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ ।

सारजाहमा सोमबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौ जित निकालेको हो ।

सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६/१६ रन बनाए ।

कोलकत्ताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २/२ विकेट लिए । यस्तै क्रिस मोरिस, मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै आरोन फिन्चले ४७ रन जोड्दा देवदुत पडीक्कलले ३२ रन बनाए । कप्तान विराट कोहली ३३ रनमा अविजित रहे ।

कोलकत्ताका प्रशिद्द कृष्ण र आन्द्रे रसेलले १/१ विकेट लिए ।

जितसँगै बैंगलोरले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा समेत उक्लिएको छ ।

कोलकत्ताको यो तेस्रो हार हो । ७ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्