२८ असोज, दाङ। आजभोलि भाइरल हुने क्रम निकै चलिरहेको छ । कोहि जानाजान आफुलाई भाइरल गराउन चाहान्छन त कोहि अन्जानमै भाइरल भएका हुन्छन । पछिल्लो समय विभिन्न सामाजिक संजालहरु भाइरल हुने र हुनमा निकै सहयोग गर्ने माध्याम बनेका छन । त्यो मध्यको एउटा हो टिकटक । टिकटकमा निकै ठूलो जमात छ जो आफुलाई सबै माझ पुर्याउन तल्लिन छ । केही आफ्नो क्षमता प्रस्तुत गरेर सबै माझ चिनिएका छन त केही उछृङ्खलता प्रस्तुत गरेर पनि भाइरल भैरहेका हुन्छन । टिकटकमा सर्वाधिक रुचाइएर स्टार बन्ने दौडमा रहेका कत्ती टिकटक कलाकारहरु पनि अहिले कलाक्षेत्रमा प्रसस्तै देख्न सकिन्छ।
यस्तै टिकटकमा आफ्ना छुट्टै खालका भिडियो सामाग्री प्रस्तुत गरेर सर्वाधिक चर्चा बटुल्ने क्रममा रहेको जोडि हो, झलनाथ खत्री र बिपना केसीको जोडी । यो जोडीले हेर्दा सामान्य र सबैले जानेको अनि अनुभव गरिसकेको विषयबस्तुलाई टपक्क टिपेर उत्कृष्ट र मौलिक ढंगले टिकटक भिडियोहरु निर्माण गर्दै आएका छन। उनका साना साना भिडियो क्लिपहरुमा यथार्थता लुकेको हुन्छ। दुइ प्रेम जोडीहरुको माया प्रेमलाई यथार्थपरक र पुरानो शैलीमा प्रस्तुत गरिएका उनका भिडियोहरु अहिले निकै चर्चामा छन। पछिल्लो समय निकै चर्चामा रहेको गीत नबोली – नबोलीमा उनले एउटा पानिपुरिवालाको प्रेम प्रसंगलाई जोडेर गज्जबको भिडियो निर्माण गरेका छन।
@its.khatri.bhai1 मैले पानीपुरि बनाउने अनि उन्लाइ पानीपुरि सह्रै मन पर्ने | #❤️ #😍 #प्रेमी #fyp #foryou #fypシ @bipoonaxettri
उक्त भिडियोलाई झलनाथको अफिसियल टिकटक आइडिमा करिव १५ लाख भन्दा बढीले हेरिसकेका छन भने करिव १ लाख ७० हजार भन्दा बढीले लाइक पनि गरेका छन। त्यस्तै आज भन्दा २ दिन अघि मात्रै उनले दशैंको मुखैमा घोडामा चामल बोकेर गाउँ गाउँ बेच्ने घोडेवालको लुकेको प्रेमलाई घुमाउरो तर सबैले बुझ्ने गरि पस्केका छन जुन यथार्थपरक र टिपिकल देखिन्छ। यो भिडियो पनि सर्वाधिक रुचाइएको छ। अहिलेसम्म टिकटकमा यो भिडियोलाई पनि करिव २ लाख ८० हजारले हेरिसकेका छन। हालसम्म उनले टिकटकमा ७० हजार भन्दा बढी फ्यान फ़्लोइङ्ग कमाइसकेका छन्।
@its.khatri.bhai1 धेरै मया लाग्ने तर मनकाे कुरा भन्नै नसक्ने ।अत्ति भो ….आज फूल दियर मैले नै मया पिरति सुरु गर्नु पर्यो | @bipoonaxettri #प्रेमी #❤️ #foryou #fyp
पछिल्लो समय उनिहरुका भिडियो हरुलाई सबैले मन पराएर फेसबूकमा पनि सेयर गर्नेगरेका छन्। नेपालका चर्चित गायक नारायण रायमाझी,पत्रकार दिल निशानी मगर,शिशिर भण्डारी लगायतले उनको भिडियोहरु सेयर गर्दै थियटर मा प्रस्तुत हुने खालको कला प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्। अहिले विभिन्न सामाजिक संजालमा उनिहरुका भिडियो हेर्नेहरुबाट सकारात्मक टिप्पणी र हौसाला प्रदान भैरहेका छन्।
बबई गाउपालिका वडा नम्बर ३ को एउटा सामान्य परिवारमा जन्मिएका झलनाथ र सल्यान जिल्लामा जन्मिएकी बिपना केसी कलाकारिता आफ्नो रुचिको क्षेत्र रहेको र निकट भविष्यमा आफुहरु यस क्षेत्रमै स्थापित हुन चाहेको बताउछन। हामि पनि उनीहरुको कला र क्षमताको सम्मान गर्दछौं र उज्ज्वल भविष्यको पनि कामना गर्दछौं।
@its.khatri.bhai1 जात नमिले के भो त मन मिल्छ क्यरे | उनी पनी असाध्धै मया गर्छिन मलाइ | #प्रेमी #❤️ @bipoonaxettri #foryou #fyp #fypシ
सम्बन्धीत समाचार
बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो
नेकपा ऐमाले शान्तिनगरद्वारा विभिन्न वडाहरूमा घरदैलाै कार्यक्रम सम्पन्न
पाँच बर्ष भित्र गङटेसम्मको सडक कालोपत्रे हुनेछ : भुवनेश्वर पौडेल