October 24, 2020

Himal News

Nepali News Portal

प्रतिनिधि सभा सदस्य स्यानु पहाडीको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

२८ असोज,काठमाण्डाै।  प्रतिनिधि सभा सदस्य सानु पहाडीको बुधबार निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाण्डौ मेडिकल कलेजमा निधन हो ।

दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट समानुपातिक चुनावबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा  सहभागी हुनुभएको थियो ।

ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाउनुभएका पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी हुनुहुन्थ्यो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।  ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधि सभा सदस्य, संस्कृतिकर्मी पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ’, सामाजिक सञ्जाल ट्विटरमा उहाँले भन्नुभएको छ, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्

तपाईले छुटाउनु भयो की ?

1 min read
1 min read
1 min read