October 24, 2020

Himal News

Nepali News Portal

प्रहरी दिवसमा सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव तथा पत्रकारआर.के.शीतल सम्मानित

३० असोज,दाङ । ६५ औं प्रहरी दिवसका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के.शीतल सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष समेत रहेका उनलाई ‘समुदाय र प्रहरी साझेदारी’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनकालागी सहयोग पु¥याएको भन्दै प्रहरी प्रधान कार्यालयले सम्मान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले शुक्रवार एक कार्यक्रमको आयोजना गरि कदरपत्रले सम्मान गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले खादा ओढाएर कदर–पत्र प्रदान गरेका थिए ।

त्यस अवसरमा प्रहरी प्रमुख चन्दले नेपाल प्रहरीमा रहेर शान्ति सुरक्षासँगै नेपाल प्रहरीको गौरव बढाउन सहयोग गर्ने पूर्व प्रहरीका तर्फबाट ज्येष्ठ सदस्य प्रहरी नायव निरिक्षक ९४ वर्षीय तेजबहादुर थापालाई समेत सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रहरी प्रमुख चन्दले जिल्लामा शान्ति सुरक्षालाई मजबुत बढाउदै नेपाल प्रहरीको गौरवमयी इतिहासलाई उच्च बनाउनका लागि प्रहरीसधै लागि पर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण प्रहरी निरिक्षक मोहनजंग बुढाथापाले गरेका थिए

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्

तपाईले छुटाउनु भयो की ?