October 24, 2020

Himal News

Nepali News Portal

आईपीएलमा दिल्ली क्यापिटल्सको सातौँ जित,शिखर धवनद्वारा सतक प्रहार

दुबईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएलमा) सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले आफ्नो ७ औं जित निकालेको छ।  १८० रनको लक्ष्य लिएर जवाफी ब्याटिङ्गमा उत्रीएको दिल्लीका ब्याट्सम्यान शिखर धवनले सतक प्रहार गरेर दिल्लीलाई जित दिलाएका थिए। राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्सलाई ५ विकेटले हराएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनायो । जितका लागि १८० रनको लक्ष्य पाएको दिल्लीले एक बल बाँकि छँदै ५ विकेट गुमाउँदै १८५ रन बनाएर रोमाञ्चक जित दर्ता गर्यो । अन्तिम ओभरमा अक्षर पटेलले आक्रामक ब्याटिङ गरेपछि दिल्लीको जित सहज बनेको हो । उनले ५ बलमा नटआउट २१ रन बनाए ।

यो जितसँगै दिल्ली क्यापिटल्स १४ अंकका साथ लिगको शिर्ष स्थानमा उक्लिएको छ भने चेन्नाई ६ अंकका साथ छैठौं स्थानमा रहेकोे छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्

तपाईले छुटाउनु भयो की ?