December 4, 2020

Himal News

Nepali News Portal

आफ्ना सबै सांसदहरुको दसैँभत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय

३ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले दसैँ भत्ता नलिने भएका छन् ।

प्रतिनिधिसभा संसदीय दलका नेता रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको हो ।

बैठकमा सहभागी प्रतिनिसभा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सांसदहरुको भत्ता कोरोना कोषमा जम्मा गरिनेछ ।

सांसदहरुले दसैँ भत्ता बुझेपछि तीव्र आलोचना भएको थियो । तर, नेकपाका केही सांसदहरुले व्यक्तिगतरुपमा भत्ता फिर्ता गरेका थिए ।

प्रधानमन्त्री ओलीले अहिलेको विषम परिस्थितिमा बाँडिएको भत्ता कोरोना कोष जम्मा गर्ने निर्णय नै उचित हुने बताएका थिए । दुवै सदनका नेताहरुको बैठकले सर्वसाधरणलाई सामान्य तरिकाले दसैँ मनाउन आग्रह समेत गरेको नेम्वाङले बताए ।

नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि कोरोना भत्ता फिर्ता गर्दै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्