December 4, 2020

Himal News

Nepali News Portal

दाङको बबई नदीमा डुवेर एक बालिकाको ज्यान गयो

दाङ । दाङको बबई नदीमा डुवेर एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर १४ लुहाडबरा निवासी रत्न चौधरीकी ७ बर्षिया छोरी कृतिका चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

मंगलवार दिउँसो आमाछोरी बबई नदीमा कपडा धुन गएको समयमा छोरीको डुवेर ज्यान गएको प्रहरीले बताएको छ । मृतक बालिकाको आमाले कपडा धुदै गर्दा छोरी बबई नदीमा खसेर डुवेको अवस्थामा पछि थाहा पाएपछि तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागी लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्