October 25, 2021

Himal News

Nepali News Portal

सहिद दिवसको अवसरमा साझा विद्यार्थी मन्च जलजला बहुमुखी क्याम्पस रोल्पाद्वारा विभिन्न कार्यक्रम सम्पन्न

लिबाङ, रोल्पा जलजला बहुमुखी क्याम्पसस्थित साझा विद्यार्थी मन्चले विभिन्न कार्यक्रमको आयोजना गरि सहिद दिवस मनाएको छ । मन्चले नेपालमा सहिदहरूको सम्मान विषयक क्याम्पस स्तरीय खुल्ला वक्तित्वकला र खुल्ला महिला/पुरुष व्याडमिन्टन प्रतियोगिताको आयोजना गरि दिवस मनाएको हो । साझा विद्यार्थी मन्च जलजला बहुमुखी क्याम्पस रोल्पाका अध्यक्ष योगेन्द्र अनुपम जिसीको अध्यक्षता एवम् जलजला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विष्णु आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको वक्तित्वकला प्रतियोगितामा आठ जना, पुरुषतर्फको खुला व्याडमिन्टन प्रतियोगितामा सात समूह र महिलातर्फको व्याडमिन्टन प्रतियोगितामा पाँच समूहको सहभागिता रहेको आयोजकले जनाएको छ । वक्तिवकला प्रतियोगिताको निर्णयकमा कृष्ण प्रसाद न्यौपाने, दिपेन्द्र शर्मा र प्रेमप्रकाश आचार्य रहनु भएको थियो भने समिक्षकमा अतिरिक्त क्रियाकलापका संयोजक दामु मर्शिफूल रहनु भएको थियो । प्रतियोगितामा प्रथम, दृतीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई आगामी शुक्रबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिने मन्चका सचिब झुपलाल डाँगीले जानकारी दिनु भएको छ । मन्चकी सहसचिव उर्मिला घर्तीमगरको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको संचालन मन्चका प्रवक्ता विष्णु बगर माझीले गर्नु भएको थियो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्