December 5, 2021

Himal News

Nepali News Portal

आज देखि शुरु भयो तुलसीपुरको भोटेमेला

दाङ । तुलसीपुर ७ कालाखोलामा बुधवार देखी भोटे मेला सुरु भएको छ ।

फागुन २६ देखि चैत २ गते सम्म सन्चालन हुने एतिहोसीक भोटे मेला २०७७ को लुम्बिनी प्रदेश सभा सदस्य तथा लेखा समितिका संयोजक डिल्ली बहादुर चौधरीले रानी केक काटेर उद्घाटन गर्नु भएको हो ।

तुलसीपुर ७ का वडा अध्यक्ष टोप बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका चौधरीले पर्यटन र प्रर्वद्धनका लागी मेलाले महत्व राख्ने बताएका थिए । मेलाको आकर्षकका रुपमा घोडालाई लिईएको छ ।

यस्तैगरी मेलामा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकार, बाल उद्यान, मनोरन्जन, राटे पिङ लगाएतका आर्कषक रहेका छन् । आज पहिलो दिन राष्ट्रिय लोक दोहारी गायक खड्ग बुढा र लिलाबती बुढा लगाएतका कलाकारले प्रस्तुती राखेका थिए ।

तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना तथा रानीघाट युवा क्लवको सहआयोजना र तुलसीपुर ७ को वडा कार्यालयको संरक्षणमा मेला सन्चालन गरिएको हो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्