December 5, 2021

Himal News

Nepali News Portal

तुलसीपुरमा भब्य कन्सर्ट हुँदै,भिटेन संगै थुप्रै चर्चित कलाकारहरू आउने

दाङ । नयाँ वर्ष २०७८को अवसर पारेर दाङको तुलसीपुर अरनिको मैदानमा अनाथ बालबालिका सहयोगार्थ एकदिने लाइभ कन्सर्ट आयोजना हुने भएको छ ।

कार्यक्रममा केन्द्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।

युवा पुस्तामा निकै लोकप्रिय चर्चित र्यापर समिर घिसिङ “भिटेन” तुलसीपुरमा पहिलो पटक आफ्नो प्रस्तुतिका साथ आउने भएका छन् । यस्तै कार्यक्रममा पछिल्लो समय छोटो समयमा धेरै दर्शक तथा स्रोताको माया पाउन सफल चर्चित गीत “फुलबुट्टे सारी” गायिका मिलन नेवारको पनि प्रस्तुति रहने छ ।

यस्तै नेपाल आइडल सिजन १ बाट परिचीत गायक प्रताप दास,दाङ्गाली चर्चित गायिका तथा मोडल सिर्जु अधिकारी,चर्चित मोडल रिया श्रेष्ठ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहनेछ ।

चैत २१ गतेको कार्यक्रमको लागी अग्रिम ई सेवा मार्फत अनलाइन टिकट काट्न सकिने आयोजक पक्षले जानकारी दिएको छ । टिकट दर भने प्रतिव्यक्ति रु ५०० रहने छ ।

दाङमा रहेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यका साथ नयाँ वर्षको छेको पारेर एकदिने कन्सर्टको आयोजन गर्न लागिएको हो । कार्यक्रमको आयोजक पि.एम्. इन्टरप्रजेज रहेको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्