July 25, 2021

Himal News

Nepali News Portal

पत्रकार बस्नेतको उपचारका लागि पत्रकार महासंघ दाङद्वारा आर्थिक सहयोग

दाङ, १ जेठ– कोरोना संक्रमण भई युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियू कक्षमा लामो समयदेखि उपचाररत नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको उपचारका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ । उहाँलाई उपचारमा आर्थिक समस्या भएकाले पत्रकार महासंघ दाङ शाखाको पत्रकार सहायता कोषबाट १५ हजार रुपयाँ सहयोग गरेको महासंघका अध्यक्ष दुर्गालाल केसीले बताउनुभयो । पत्रकार बस्नेतको उपचारमा अझै समस्या भएकाले महासंघले सम्पूर्ण सञ्चार संस्था, पत्रकार लगाएत अन्य सहयोगीहरुलाई आर्थिक सहयोग गरी जीवन बचाउने मानवीय कर्ममा सरिक भैदिन अनुरोध पनि गरेको छ । महासंघले सहयोग रकम रेडियो हापुरेका स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाको नाममा रहेको नेपाल बङ्गलादेश बैंक लिमिटेड हापुरे शाखाको बचत खाता नम्बर 064002152I(शुन्य छ चार शुन्य शुन्य दुई एक पाँच दुई आई) मा जम्मा गरिदिन हुन हार्दिक अपिल गरेको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्