October 25, 2021

Himal News

Nepali News Portal

बालबालिकाको भविष्य र अभिभावकको भुमिका

खिमराज डिसि,सल्यान । बालक भनेका काचो माटो हुन । जसरी एउटा सिपालु कुमालले काचो माटोबाट विभिन्न प्रकारका सुन्दर बस्तुहरुको  निर्माण गर्न सक्छ,हो त्यसरी नै एउटा अबोध बालक कस्तो परिवारमा जन्मिन्छ र अभिभाबक कस्तो पाउछ भन्ने कुराले बालकको भबिस्य  निर्धारण गर्दछ ।
जस्को परिवार अस्तब्यस्त छ,गास ,बास,र कपासको ब्यबस्था गर्न धौ धौ पर्छ,चेतना स्तर निकै कमजोर छ,त्यस्ता परिवारलाई  बालकको भबिस्य भन्दा पनि बर्तमान (खानपिन) को  चिन्ता हुन्छ । यो सवाल विशेष गरि धेरै बालबालिकाहरुको जन्म दिने बाबुआमालाई हुन्छ । पछिल्लो समयमा हाम्रो समाजमा  सानो परिवार ,सुखी परिवार निर्माण गर्ने र बालबालिकाको भबिस्यको विशेष चिन्ता गरेको पाईन्छ ।
अभिभाबकहरुलाई सबै भन्दा बढी चिन्ता छ भने बालबालिकाको भबिस्यको छ । आफ्नो सबै लगानी त्यतै तिर केन्द्रित छन ।सबैलाई आफ्नो बालबालिकाले प्रगती गरेको हेर्न मन छ ।
बालबालिकाको भबिस्यबाणी गर्नको लागि उस्को बर्तमान हेर्न जरुरी छ । उस्लाई हामिले कस्तो खालको  बाताबरण दिईराखेका छौ भन्ने कुराले उस्को भबिस्यको निर्धारण हुने हो ।

बालको सुन्धर भबिस्यको लागी कस्तो बाताबरण तयार गर्ने :
हामिले बालबालिकाको भबिस्यको चिन्ता मात्र गरेर  हुदैन । त्यस्को साथसाथै उपयुक्त बाताबरण तयार गर्नु पर्दछ । बालबालिकाहरुको बानिको सुधार तल्लो तहबाट नै गर्नुपर्दछ । हामिले बालबालिकाको सदैब  निगरानी गरिराख्नुपर्दछ। ताकी उस्को अबस्था के छ,उस्का चाहानाहरु के हुन,उ कस्तो साथी सङ्गत सङ्ग छ ? तर कडाई गर्ने नाममा उस्का आवश्यकताको ठिक तरिकाले  पहिचान गर्न सकिएन भने ,उस्लाई हर कुरामा बन्देज गरियो भने,निश्चित घेरामा राखियो भने,हामिले सोचेको जस्तो बालक बनाउन सक्दैनौ । उसको सर्बाङ्गिण पक्षको बिकास हुने खालका क्रियाकलाप गर्न जरुरी छ ।

अभिभाबक सतर्क हुने पक्षहरु
हामि कहिलै पनि बालबालिका अगाडि केहि  फरक पर्दैन,यो सानो मान्छे हो,यस्ले केही थाहा पाउदैन भनेर सानो गल्ती पनि गर्नुहुदैन । जस्ले गर्दा तपाईको सानो कमजोरि उस्को लागि अभिसाप बन्न सक्छ ।हामिले आफ्ना गलत आनिबानिहरु जुन  हामिकाई गलत कुराहरु हुन भन्ने थाहा हुदाहुदै पनि बालबालिकाको अगाडि सदैब गरिराखेका हुन्छौ,हामी संग चुरोट,खैनी देखि लागुपदार्थ सम्म सेबन गर्ने बानी छ भने बिर्सेर पनि बालबालिकाहरुको अगाडि प्रयोग गर्नुहुदैन । यसले हाम्रो राम्रो बनाउने चाहानामा ब्रेक लाग्नसक्छ ।

बालकको क्षमता पहिचान गर्न सक्नुपर्छ
हाम्रा चाहाना अनेकौं  हुदाहुदै पनि बालकको क्षमता पहिचान गर्न जरुरी छ । बिपरित धुर्बहरु कहिलै पनि  एक हुन सक्दैनन । उसको क्षमता र चाहानको पहिचान गर्दै सोही अनुरुप बाताबरण तयार गर्नुपर्छ ।
उसका आफनै चाहानाहरु हुन्छन । गित गाउने,मादल बजाउने ,हार्मोनियम,गितार बजाउने,बासुरी बचाउने,खेलहरु खेल्ने, नृत्य गर्ने इत्यादी । यसको साथै आर्ट गर्ने,विभिन्न खालका डिजाईन गर्ने,नयाँ नयाँ  कुराहरुको खोज अनुसन्धान गर्ने, त्यो बालकामा भर पर्छ । यस्ता खालका प्रतिभाको बिकास गर्दै स्कुल तहको क्षिक्षालाई अगाडि बढाउन जरुरी छ ।

मुख्य उदेस्य  के बनाउने
सबै प्रतिभाहरुको बिकास गर्दै खास कुरा औपचारिक शिक्षालाई निरन्तरता दिनुनै बालकको भबिस्य सुन्दर बनाउने उपयुक्त माध्याम हो । समय मिलायर दुबै  पक्षलाई संगसंगै  लिन सकियो भने अझ सुगन्धित हुन्छ । बालबालिकाहरु आफै निर्णय लिने अबस्थामा नपुगुन्जेल सम्म अभिभाबको भुमिका नै अहम हुन्छ तर उच्च शिक्षा  लिदाखेरी बालबालिकाको खास क्षमता पहिचान गर्दै निर्णय लिन जरुरी छ । अन्नेथा लगानी डुब्न सक्छ ।

लकडाउनमा के गर्ने

कोरोना भाईरस (कोभीड 19) को कारणले बिस्वलाई नै क्षतबिक्षत बनाएको छ । यस्को गतिलो प्रभाब शिक्षा क्षेत्रमा परेको छ । लकडाउनको कारण लाखौ बिधार्थिको भबिस्य अन्योलमा परेकोछ । यो संक्रमणको समयमा आफ्ना स-साना बालबालिकाहरु प्रती बेशेष ख्याल गर्न तपसिलको कुराहरु ख्याल गर्न जरुरी छ ।

१-पहिलो कुरा घरमै सुरक्षित बसौ र बसालौ,
२-उपयुक्त पौष्टिक आहारको ब्यबस्था गरौ,३-स्वास्थ अबस्थाको ख्याल गरौँ !बेलाबेला चेकजाच गरौँ,
४-बालबालिकाहरुलाई बिग्रनवाट जोगाउन ब्यस्त बनाउ,
५-घर भित्रका हरेक कामकाज देखि खानाका परिकार बनाउने तरिका सिकाउ,
६-स्तर र क्षमता अनुसार विभिन्न खालका सिपहरु सिकाउने बाताबरण तयार गरौँ,
७-निस्चित रुटिन बनायर अपौचारिक शिक्षाका आधारभुत कुराहरु सोध्ने,पढ्न लगाउने,लेख्न लगाउने काम गरौँ,
८-सामाजिक संजाल र संचारका माध्यामबाट प्रसारित राम्रा कुराहरुको सिको गर्ने र प्रयोग गर्ने बानिको बिकास गरौँ,
९-गितगाउने,नृत्यगर्नेदेखिमादल,बासुरी,हार्मोनियम,क्यासियो जस्ता बाजाहरु बजाउने सिपको बिकासमा सहयोग गरौँ,
१०-शारीरिक  र मानसिक बिकास गर्ने खालका खेलहरु खेल्ने बाताबरण तयार गरौँ,
११-गलत गतिबिधिमा लागेको नलागेको बारे विशेष निगरानी गरौँ ।
अनिमात्र बाताबरण सहज भय पश्चात् औपचारिक रुपमा कक्षा संचालन भयको बेला बालबालिकालाई  सहज हुनेछब
लेखक प्याबसन सल्यानका सचिव र ब्राइट रोजल्यान्ड  बोर्डिङ्ग स्कुल बागचौर सल्यानका कोडिनेटर हुनुहुन्छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्