July 25, 2021

Himal News

Nepali News Portal

टेलिचलचित्र “परम्परा” आज देखि प्रशारण सुरु

२४ जेठ,दाङ तुलसीपुर ! नेपाली भाषामा तयार पारिएको टेलिचलचित्र परम्परा आजबाट प्रशारणमा ल्याईएको छ । सामाजिक कथा बस्तुलाई आधार बनाई निर्माण गरिएको टेलिचलचित्रले समाजको यथार्थ चित्रलाई पर्दामा उतार्ण कोशिश गरिएको छ ।


दाङ तुलसीपुर ३ गहतेको पेरिफेरीमा निर्माण गरिएको टेलिचलचित्रमा देबेन्द्र के.सी, पबित्रा के.सी, भगवती महर, सुस्मा चन्द, सम्सेर चन्द, मनिसा के.सी, कैलाश चन्द, सिन्धु मल्ल, योसोधा शाही, मोहन चन्द लगायतका कलाकारले आफ्नो कला प्रस्तुत गरेका छन् ।

ग्राफिक्स् मिडिया स्टुडियोको निर्माणमा बनेको टेलिचलचित्रमा सेर बहादुर चन्दको व्यवस्थापन, बिरु चौधरी, शुसान्त मल्लको छायांकन तथा सम्पादन रहेको छ भने कथा लेखन र निर्देशनको काम देबेन्द्र केसी र शुसान्त मल्लले गरेका छन् ।

ग्राफिक्स् मिडिया स्टुडियो युट्युब च्यानलबाट सार्बजनिक गरिएको सिरियलमा राम्रा प्रतिक्रिया आउनेक्रम जारी रहेको छ ।
टेलिसिरियल परम्पराको लिकं :

 

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्