July 25, 2021

Himal News

Nepali News Portal

बबई गाउँपालिकाको आइसोलेसनका लागि ११ लाख सहयोग

हापुरे, २८ जेठ । बबई गाउँ पालिकाको आइसोलेसन ब्यबस्थापनका लागि ११ लाख सहयोग भएको छ । ग्रामीण महिला उत्थान केन्द्रको सहकार्य र हेफर इन्टरनेशनलको सहयोगमा ११ लाख सहयोग गरिएको हो ।

गाउँ पालिकाले सन्चालन गरेको आइसोलेसनको थप ब्यबस्थापनका लागि आर्थिक सहयोग गरिएको हो । सहयोग रकम ग्रामीण महिला उत्थान केन्द्रका सल्लाहकार सोगतबिर चौधरीले पालिका अध्यक्ष भुबनेश्वर पौडेल र निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहनलाल दाहाललाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले संघ सस्थाको सहयोगले काम गर्न हौसला मिल्ने बताउनुभयो । सबैको सहयोगमा उत्कृष्ट काम गर्न सहयोग मिल्ने बताउनुभयो । यस्तै ग्रामीण महिला उत्थान केन्द्रका सल्लाहकार सोगतबिर चौधरीले बबई गाउँ पालिकालाई सहयोग गर्न सहकार्य गर्न पाएकोमा खुशी लागेको बताउनुभयो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्