July 25, 2021

Himal News

Nepali News Portal

प्रदेश प्रमुखको नियुक्ति नभएपछि ३१ प्रदेशसभा सदस्यहरुको धर्ना

पोखरा : प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थनसहित दाबी गर्दासमेत मुख्यमन्त्रीको नियुक्ति नभएको भन्दै गण्डकी प्रदेश प्रमुखको निवासअघि विपक्षी सांसदहरु धर्ना बसेका छन्। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले शुक्रबार मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको समर्थनसहित मुख्यमन्त्रीको दाबी गर्न आउन शनिबार ३ बजेसम्मको समय दिएका थिइन्। उक्त समय सकिँदा पनि नियुक्ति नपाएको भन्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद धर्ना बसेका हुन्।

तर एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष दाबी गरेका छन्। उनले जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समेत साथ रहेको पत्रसहित दाबी प्रस्तुत गरेका हुन्।

जनता समाजवादी पार्टीको गण्डकी प्रदेश कमिटीले गुरुङलाई आफ्ना सांसदको समर्थन रहेको पत्र दिएको छ भने जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले पनि उनैलाई समर्थन गरेका छन्। गुरुङको पार्टी एमालेसँग २७ सांसद छन् भने जनमोर्चाका ३ र जसपाका २ सांसद छन्। यद्यपि जनमोर्चाका २ र जसपाका २ सांसद हिजो नै प्रदेश प्रमुखकहाँ भौतिक उपस्थितिसहित कांग्रेस संसदीय दलका नेतालाई आफूहरुको समर्थन रहेको भनी हस्ताक्षर बुझाएका छन्।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्