दाङ। रोमेलु लुकाकुले सानदार प्रदर्सन गरेपछि बेल्जियमले युरोकप फुटबलमा रुसलाई ३-० ले गोलले पराजित गरेको छ । समूह बी अन्तर्गत शनिबार राति रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा लुकाकुले दुई गोल गरेका थिए ।विश्व नम्बर एक बेल्जियमका लागि अर्को गोल थोमस मुनिएले गरे ।
खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए । गोलपछि लुकाकुले अघिल्लो खेलमा मैदानमै बेहोस भएका डेनिस खेलाडी तथा इन्टरका सहमर्की क्रिस्टियन एरिक्सनलाई गोल समर्पण गरेका थिए ।
फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफको अन्त्यतिर मैदानमा बेहोस भएर ढलेका एरिक्सन खतरामुक्त रहेको जनाइएको छ ।
सम्बन्धीत समाचार
फेसबुक कम्पनीको नाम अब मेटा
राप्ती समाज द.कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा वली चयन
राप्ती समाज द.कोरियाको अधिवेशन तयारी पुरा