July 25, 2021

Himal News

Nepali News Portal

गण्डकी प्रदेशका मुख्यमन्त्रीको पहिलो निर्णय-पुर्व मुख्यमन्त्रीको सेवा सुविधाका लागि ऐन बनाउने

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलकाे पहिलाे मन्त्रिपरिषद बैठकले पूर्व-मुख्यमन्त्रीको सेवा सुविधाका लागि ऐन बनाउने निर्णय गरेकाे छ ।

शनिबार मात्र गठन भएकाे उक्त मन्त्रिपरिषदकाे आज बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सेवा-सुविधा तथा सम्मानबारे ऐन बनाएर नै अघि बढ्नेमा निर्णय भएकाे जनाइएकाे छ ।

साथै बैठकले प्रदेश सरकारको प्रवक्तामा कुमार खड्कालाई नियुक्त गरेकाे छ । प्रदेशको स्रोत-साधान हेरेर पूर्वमुख्यमन्त्रीलाई सेवा-सुविधा तथा सम्मान प्रदान गर्नेबारे मन्त्रिपरिषदमा छलफल भएकाे प्रवक्ता खड्काले बताए ।

यसअघि राेकिएकाे प्रदेश सरकारकाे नीति तथा कार्यक्रम भाेलि जेठ ३१ गते नै प्रस्तुत गर्ने र असार १ गते बजेट ल्याउने तयारी रहेकाे पनि प्रवक्ता खड्काले बताए । हाल मुख्यमन्त्रीले अर्थ मन्त्रालय पनि सम्हालेकाले बजेट उनैले प्रस्तुत गर्ने  बताइएकाे छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्