October 25, 2021

Himal News

Nepali News Portal

पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषदको निर्णय

गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गरेको छ।

नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन ऐन ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताए ।

‘हाम्रो स्रोत साधनले कति भ्याउँछ, पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने निर्णय गर्‍यौं’, खड्काले सेतोपाटीलाई भने, ‘यसका लागि ऐन ल्याएर कार्यान्वयन गर्छौ।’

आइतबार बसेको मन्त्रीपरिषद बैठकले खड्कालाई सरकारको प्रवक्ता तोकेको थियो।

आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेटका बारेमा पनि मन्त्रिपरिषदमा छलफल भएको उनले जानकारी दिए।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ। बजेटअघि नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्नुपर्छ। यसका लागि पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए।

‘मुख्यमन्त्री र निवर्तमान मुख्यमन्त्री बसेर छलफल गर्नुहुन्छ, त्यसपछि मात्रै सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउँछ,’ उनले भने। नीति तथा कार्यक्रम र बजेटका विषयमा भने कुनै निर्णय नभएको उनले जानकारी दिए।

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए। उनको मन्त्रिपरिषदमा चार जना मन्त्री छन्।
लअभिि ष्ल

गठबन्धनमा जिम्मेवारी बाँडफाँडमा सहमति नजुटेका कारण चारै जना मन्त्री अहिले विनाविभागीय छन्। असार १ गतेको बजेट वक्तव्यसमेत मुख्यमन्त्रीले नै संसदमा प्रस्तुत गर्ने योजना रहेको खड्काले बताए।

नेपाली नेतृत्वको सरकारलाई माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन छ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्