युइएफए युरो २०२१ अन्तर्गत आज तीन खेल हुँदैछ।
पहिलो खेलमा इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। समूह डी अन्तर्गतको खेल साँझ ६:४५ बजे लन्डनमा हुनेछ।
युरो कपमा इंग्ल्यान्ड र क्रोएसियाबीच अहिलेसम्म तीन खेल भएको छ। जसमा क्रोएसिया २ खेलमा विजयी भएको छ भने इंग्ल्यान्डले १ खेलमा जित हात पारेको छ।
दोस्रो खेलमा राति अस्ट्रिया र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुनेछ। समूह सी अन्तर्गतको खेल रोमानियाको राजधानी बुचारेस्टमा राति ९:४५ बजे सुरू हुनेछ।
म्यासेडोनिया पहिलो पटक युरो कपमा छनोट भएको हो। दुई देशबीच भएका दुई प्रतिस्पर्धामा दुवै खेलमा अस्ट्रिया विजयी भएको छ।
समूह सी कै अर्को खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुँदैछ। खेल आम्स्टर्डममा राति १२:४५ बजे सुरू हुनेछ।
अघिल्लो युरो कप र विश्वकपमा छनोट हुन नसकेको नेदरल्यान्ड्स सन् २०१४ को विश्वकपछि पहिलो मुख्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ।
सम्बन्धीत समाचार
बबई गाउँपालिकामा जम्मा १५४१९ मत खस्यो
नेकपा एमाले बबईद्वारा घर दैलाे अभियानलाई तिब्रता
नेकपा एमाले बबईको अध्यक्षमा टंकराज विश्वकर्मा