October 25, 2021

Himal News

Nepali News Portal

दाङमा लकडाउन असार ८ गतेसम्म थपियो,होटल व्यवसाय यसरी संचालन गर्न पाइने

दाङ। दाङमा लकडाउन एक सातालाई थप गरिएको छ । जिल्ला कोरोना नियन्त्रण ब्यबस्थापन समितिको सोमबार (आज) घोराहीमा बसेको बैठकले लकडाउनलाई केही खुकुलो बनाउँदै असार ८ गतेसम्म थप गर्ने निर्णय गरेको हो । बैठकले ब्यबसाय बिहान ६ बजेदेखी १० बजेसम्म खोल्ने, सरकारी कार्यालय १० बजेदेखी १ बजेसम्म आंशिक रुपमा खोल्ने निर्णय गरेको छ । त्यस्तै होटेल ब्यबसायीले प्याकिङ गरेर खाना नास्ता बिक्री बितरण गर्न पाइने पनि निर्णय गरिएकोको छ । बैंक तथा बित्तीय सस्थालाई भने दिउँसो २ बजेसम्म खोल्ने निर्णय यथाबत राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्