दाङ । १६ औँ संस्करणको युरो कपमा साविक विजेता पोर्चुगलले हङ्गेरीलाई हराउँदै विजयी सुरुवात गरेको छ । फिरेन्स पुस्कास स्टेडियममा भएको खेलमा पोर्चुगलले हङ्गेरीलाई तीन-शून्यले गोलले हराएको हो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा राफेल गिउरिरोले एक गोल गरे । पहिलो हाफ बराबरीमा सकिए पनि पोर्चुगलले दोस्रो हाफमा तीन गोल गरेको हो ।
आजको खेलमा दुई गोल गरेका रोनाल्डो युरो इतिहासमा सर्वाधिक गोल गर्ने सर्वकालिक खेलाडी बनेका छन् ।यस्तै रोनाल्डो पाँचौँ पटक पुरुष युरो कप खेल्ने पहिलो खेलाडी पनि बनेका छन् ।
सम्बन्धीत समाचार
साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हरायो
फेसबुक कम्पनीको नाम अब मेटा
राप्ती समाज द.कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा वली चयन