October 25, 2021

Himal News

Nepali News Portal

कोपा अमेरिका: उरुग्वेलाई हराउदै अर्जेन्टिना शिर्ष स्थानमा

दाङ । कोपा अमेरिका अन्तर्गत आज भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले हराएको छ । नेपाली समय अनुसार आज बिहान ५:४५ बजे भएको खेलमा अर्जेन्टिनाले खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । आफुहरुले पाएको कर्नर सदुपयोग गर्दै अर्जेन्टिने क्याप्टेन मेस्सीले प्रहार गरेको बललाई हेडर मार्फत गुइडो रोड्रीगेजले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा उरुग्वेले गोल फर्काउन नसकेपछी अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा जित निकाल्दै समुहको शिर्ष स्थानमा उक्लिएको छ । आफ्नो पहिलो खेलमा चिलीसंग बराबरीमा रोकिएको अर्जेन्टिनाको ४ अङ्क छ भने दोस्रो स्थानको चिलीको पनि समान अङ्क रहेको छ । पहिलो खेल खेलेको उरुग्वे भने अङ्कबिहिन चौथो स्थानमा रहेको छ । त्यस्तै दुई खेल खेल्दै दुबैमा हार बेहोरेको बोलिभिया अङ्कतालिकाको पुछारमा रहेको छ ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्