July 25, 2021

Himal News

Nepali News Portal

अपहरण गरेर बलात्कार गरेको आरोपमा १ जना पक्राउ,२ जना फरार

लमही। दाङमा अपरण गरेर बलात्कार गरेको आरोपमा लमही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेका २ जना फरार रहेको र उनिहरुको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक राजन पौडेलले बताउनुभयो ।

लमही नगरपालिका वडा नं. ७ स्थित कमानपुरको जंगलमा तीन जनाको समुहले दुई महिलालाई अपहरण गरेर जंगलमा लगेको, लुटपाट गरेको र जवरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा दर्ता भएको छ ।

घटनामा संलग्न मध्यका एक किरण बुढालाई प्रहरीले पक्राउ गरेको छ । बाँकी दुई जनाको खोजी जारी रहेको छ । सम्राट सिमेन्ट उद्योगबाट रा १ ख २४१९ नम्बरको टिप्पर फर्कदै थियो ।
रातीको साढे ९ बजे मोटरसाइकलमा रहेका तीन जना युवाले बाटो छेकेका थिए । टिप्पर चालक र सहचालकलाई रुखमा बाँधेर टिप्परमा सवार चालकको श्रीमती र सालीलाई अपहरण गरेर जंगल तर्फ लगेका थिए ।

सो क्रममा चालक र सहचालकमाथी उनिहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ । तरवार सहित रहेका ती युवाले हतियार देखाएर लुटपाट र अपहरण गरेको प्रहरीले जनाएको छ । आफुहरुमाथी करणी बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीले घटनामा संलग्न माथी अपहरण, लुटपाट, जवरस्ती करणीगरी चार ओटा मुद्धा चलाउने भएको छ । घटनाबारे प्रहरीलाई विहान साढे ३ बजे मात्रै खबर भएको थियो । प्रहरीले पिडित पक्षको बयान र उजुरीको आधारमा अनुसन्धान अघी बढाएको हो।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्