July 25, 2021

Himal News

Nepali News Portal

वडा कार्यालयद्वारा विद्यार्थीहरुका लागी स्टेसनरी सामाग्री वितरण

दाङ । बबई गाउँपालिका वडा नम्बर ६ ले विद्यार्थीहरुका लागि स्टेसनरी सामाग्रीहरु वितरण गरेको छ । भानुभक्त मावी कौशिलापुरमा कक्षा १ मा भर्ना भएर आउने  नयाँ विद्यार्थीहरुका लागि बिद्यालय पोसाक,स्कुल ब्याग,ट्र्याकसुट र अन्य स्टेसनरी सामाग्री खरिदका लागि नगद रु २५० रुपैया  जम्मा २३ जनालाई वितरण गरिएको हो ।
वडा नम्बर ६ का वडा अध्यक्ष राम बहादुर डाङ्गिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बबई गाउँपालिका शिक्षा शाखाबाट जित बहादुर केसिले सहभागिता जनाउनु भएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथी केसिले नव आगन्तुक बिद्यार्थीहरुका लागि यस्ता कार्यक्रमहरु आयोजना गर्नाले विद्यार्थीहरुलाई बिद्यालयमा आकर्षित गर्नमा मद्दत पुग्ने धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्ने क्रममा कार्यक्रममा सभापती तथा वडा अध्यक्ष राम बहादुर डाङ्गिले विद्यार्थीहरुको आकर्षण बढाउनका लागि वडाको समन्वयमा यस्ता कार्यक्रमहरु अरु बिद्यालयमा पनि संचालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बिद्यालयका शिक्षक,विद्यार्थीहरु,अभिभावक लगायतको उपस्थित रहेको थियो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्