July 25, 2021

Himal News

Nepali News Portal

माहुरी होमद्वारा प्रहरी कार्यालयमा स्वास्थ्य सामग्री बितरण

प्रेमबहादुर राम्जा
हापुरे, २१ असार । मधेश मानब अधिकार गृह (माहुरी होम) कपिबलबस्तुले शान्तिनगर र बबई गाउँपालिका रहेका प्रहरी कार्यालयका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बबईमा रहेको ईलाका प्रहरी कार्यालय खिलतपुर र शान्तिनगरमा रहेको प्रहरी चौकी चिराघाटलाई स्वास्थ्य सामग्री बितरण गरेको हो ।
कोभिडको समयमा पनि अग्रपक्तिमा रहेर काम गर्ने नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री बितरण गरिएको परियोजनाका सामाजिक परिचालक कल्पना खड्काले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय खिलतपुरलाई २३ हजार ४० रुपैया र प्रहरी चौकी चिराघाटलाई १४ हजार ८ सय ३९ रुपैया बराबरको स्वास्थ्य सामग्री बितरण गरिएको हो ।

यसअघि पनि माहुरीहोमले खिलतपुर र चिराघाटका लागि स्वास्थ्य सामग्री बितरण गरेको थियो । सस्थाले पिपिई, फेसशिल्ड, एन–९५ मास्क, सर्जिकल मास्क, हेण्डवास, स्यानीटाइजर, स्प्रे बितरण गरेको परिचालक खड्काले जानकारी दिनुभएको छ ।

ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक नबीन चुदाली र प्रहरी चौकी चिराघाटका प्रहरी सहायक निरिक्षक सुन्दर चौधरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । माहुरीहोमका परिचालक कल्पना खड्काले चुदाली र चौधरीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्