July 25, 2021

Himal News

Nepali News Portal

बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सफल बनाउन समिति गठन

  प्रेमबहादुर राम्जा

हापुरे, २१, असार । बबई कृषि तथा पशु उद्यमशीलता बिकास परियोजना सफल बनाउनका लागि अनुगमन तथा समन्वय समिति गठन गरिएका छन् । कृषकहरुलाई कृषि तथा पशु उद्यम मार्फत् ब्यबसायिक क्षेत्रमा प्रबेश गराउनका लागि परियोजना सुरु गरिएको हो । महिला समुह मार्फत् ग्रामीण क्षेत्रका साना किसानहरुलाई उद्यमशील बनाउन बबई गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र सिड सस्थाको सयुक्त प्रयासमा परियोजना सुरु गरिएको छ । उक्त परियोजना सफल बनाउन पालिकास्तरिय र वडास्तरका परियोजना अनुगमन तथा समन्वय समिति गठन गरिएका छन् ।

गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको संयोजकत्वमा पालिकास्तरिय अनुगमन तथा समन्वय समिति गठन गरिएको छ । उक्त समिति १९ सदस्यीय रहेको छ । त्यस्तै वडास्तरमा वडा अध्यक्षको संयोजकत्वमा वडास्तरिय अनुगमन तथा समन्वय समिति गठन गरिएका छन् । पालिका र वडास्तरमा गरी ८ वटा समिति गठन गरिएका छन् ।

परियोजना मार्फत् समुहमा संलग्न रहेका सदस्यहरुलाई विभिन्न किसिमका तालिम, सीपको ब्यबस्था गर्नुका साथै घाँस तथा पशुहरु सदस्यहरुलाई उपहार दिने कार्यक्रम रहेको परियोजना संयोजक हिरालाल खड्काले जानकारी दिनुभयो ।

यसैगरी समुहमा रहेका सदस्यहरुलाई कृषि क्षेत्रको बिकास र लगानी गर्नका लागि सहज र सस्तो ब्याजमा कृषि ऋणका लागि समन्वय गर्ने संयोजक खड्काले जानकारी दिनुभयो । बबई गाउँपालिकाका सात वटै वडाहरुमा सुरु गरिएको उक्त परियोजना सहजीकरणका लागि एक जना परियोजना संयोजक, एक जना लेखा अधिकृत, एक जना प्राबिधीक र सात जना सहजकर्ता नियुक्त गरिएको छ । बबई गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र सिड सस्थाको साझेदारीमा कार्यक्रम सञ्चालन भएको छ । प्रत्यक्ष किसानसंग जोडिएको कार्यक्रम भएकाले कार्यपालिकाको बैठक मार्फत् स्वीकृत गरी सुरु गरिएको पालिका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभयो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्