July 25, 2021

Himal News

Nepali News Portal

सामाजिक कोषप्रति बैंक तथा बित्तीय सस्थाका कर्मचारीको बिरोध

हापुरे, २१ असार । सरकारले अघि सारेको सामाजिक सुरक्षा कोषप्रति बैंक तथा बित्तीय सस्थाका कर्मचारीले असहमति जनाएका छन् । सरकारले सही नीति ल्याएको भए पनि त्यसभित्र रहेका केही बुदाहरु गलत रहेको भन्दै असहमति जनाएका हुन् ।

सरकारले कर्मचारीहरुको तलबको ३० प्रतिशत सामाजिक सुरक्षा भत्ता काट्ने नीति लिएको भए पनि ६० बर्ष पुग्नै पर्ने प्रावधान गलत रहेको उनीहरुको भनाई छ । सामाजिक सुरक्षा कोषले कर्मचारीको तलब आधा बुझ्ने र ६० बर्ष नपुग्ने मृत्यु तथा पेशा छोड्ने अबस्था सुबिधा लिन नपाउने भएकाले गलत रहेको बैंक तथा बित्तीय सस्थाका कर्मचारीहरुको भनाई छ ।

सरकारले अघि सारेको कार्यक्रमले कर्मचारीलाई बेवास्ता गरिएको भन्दै असहमति जनाएका हुन् । यसैबीच हापुरेमा रहेको कुमारी बैंकका कर्मचारी समेत यसको बिरोध गरेका छन् । शाखा प्रमुख निर्मल पौडेलको नेतृत्वमा कालो ब्यानर राखेर बिरोध गरेका हुन् ।

सरकारले ल्याएको नीति सच्याउन माग गर्दै कुमारी बैंकका सम्पूर्ण कर्मचारीले बिरोध गरेका हुन् । साथै कर्मचारीको तलबबाट सामाजिक सुरक्षा कोषमा कम प्रतिशत तलब काट्न र ६० बर्षको उमेर हद नराख्न समेत उनीहरुले माग गरेका छन् ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्