July 25, 2021

Himal News

Nepali News Portal

वडा कार्यालयद्वारा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम

दाङ । दाङको बबई गाउपालिका वडा नम्बर ६ ले जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरी वडा भित्रका जेष्ठ नागरिकहरु लाई सम्मान सँगै हर्लिक्स पनि वितरण गरेको हो । बबई गाउपालिका वडा नम्बर ६ का अध्यक्ष राम बहादुर डांगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा गाउपालिका उपाध्यक्ष सावित्रा विश्वकर्माले सहभागीता जनाउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विश्वकर्माले आफुहरु सधैं जेष्ठ नागरिकहरुप्रती उदार र समर्पित भएको भन्दै हामी सबैले जेष्ठ नागरिक हरु प्रती हेयको दृष्‍टिले हेर्न नहुने र सधैं सम्मान गर्न पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमा बोल्ने क्रममा कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ६ का अध्यक्ष रामा बहादुर डांगीले अचेल धेरै जसो जेष्ठ नागरिकहरु मन्दिर तथा आश्रमहरुमा जीवन बिताउन पर्ने बाध्यता सिर्जना हुन लागेकाले यस्ता घटनाहरु आउन नदिन सबैलाई आग्रह पनि गर्नु भएको थियो ।

कार्यक्रममा वडा भित्रका धेरै जसो जेष्ठ नागरिक हरु,स्थानिय बुध्दिजिवी लगायत वडाका सबै वडा सदस्यहरुले सहभागीता जनाउनुभएको थियो । कार्यक्रमको सहजिकरण कमल बोहराले गर्नुभएको थियो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्