July 25, 2021

Himal News

Nepali News Portal

विस्तार हुँदै अनलाइन टेलिभिजन पत्रकार संघका जिल्ला शाखाहरु

बाँके ।  अनलाइन टिभी पत्रकार संघ नेपालले आफ्नो जिल्ला शाखा विस्तारको कार्यलाई तिब्रता दिएको छ । अनलाइनको माध्यमबाट विभिन्न डिजिटल प्ल्याटफर्महरुमा काम गर्ने मिडियाकर्मीहरुको हक हितका लागि स्थापना गरिएको यो संस्थाले अहिले उपत्यका बाहिर पनि आफ्नो सदस्यता वितरण र शाखा विस्तारको कार्यलाई अघि बढाएको हो । केन्द्रबाट पश्चिम नेपालका अनलाइन मिडियाकर्मीहरुलाई एकताबद्ध गर्ने कार्यभार लिएर आउनुभएका यस संस्थाका संस्थापक सदस्य तथा केन्द्रीय कार्यसमिति सदस्य अमृतमान वलीले आफुहरुले अहिले सम्म दाङ,सल्यान,रोल्पा,कैलाली, बाँके लगायतका जिल्लाहरुमा गरि २५० भन्दा बढी सदस्यहरु जोडिसकेको र कैलाली,रोल्पा र बाँकेले कार्यसमिति पनि चयन गरेको जानकारी गराउनु भयो, त्यस्तै दाङमा पनि अब छिट्टै नयाँ कार्यसमिति बन्ने कुराको पनि जानकारी गराउनुभयो । कैलालीमा अङ्कित उप्रेती,रोल्पामा भुवन थापा र बाँकेमा कृष्ण अधिकारीको अध्यक्षता १३ सदस्यीय कार्यसमिति बनेको वलीले जानकारी दिनुभयो ।

हिजो बिहीबार एक कार्यक्रमको आयोजना गरि विस्तार गरिएको बाँके शाखाको नयाँ कार्यसमितिमा अध्यक्ष कृष्ण अधिकारी संगै उपाध्यक्षमा सूर्य बहादुर कार्की, सचिवमा केशराज खड़का,सह सचिवमा रामप्रकाश महतो कोषाध्यक्षमा सुरेंद्र कुमार आरसी रहेका छन् । सदस्यहरुमा धनराज बुढाथोकी,कुलेन्द्र विश्वकर्मा,पुष्पराज आचार्य,भूपेंद्र बस्नेत,प्रमोद डीजी, इन्द्रा चन्द,ओमराज डाँगी र रामप्रसाद आचार्य चयन भएका हुन ।

अनलाइन टिभी पत्रकार संघ नेपालका संस्थापक केन्द्रीय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधि अमृतमान वलीको उपस्थितिमा सम्पन्न कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी प्रचण्ड जिसी लगायतको उपस्थिति रहेको थियो ।

नयाँ कार्यसमितिमा चयन भएपछि नयाँ कार्यसमितिका पदाधिकारीहरुले आफुहरु अनलाइन पत्रकारितामा भविस्य खोज्ने सम्पुर्ण साथिहरुको एउटा पुलका रुपमा काम गर्ने र अनलाइनमा काम गर्ने मिडियाकर्मिहरुको हक हितका लागि सदैव लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय कार्यसमिति सदस्य अमृतमान वलीले आफुहरु देशभर रहेका अनलाइन मिडियाकर्मीहरुलाई संगठित गर्ने र अनलाइन टिभि पत्रकार संघलाइ आफ्नो हक हितको संरक्षण गर्न स्थापित भएको एउटा बलियो संगठनका रुपमा विस्तार गर्ने कार्यमा अहोरात्र लागिरहेको जानकारी गराउनुभयो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्