October 25, 2021

Himal News

Nepali News Portal

आयआर्जनका लागि मुक्त कम्लहरीलाई बंगुर पाठा बितरण


हापुरे, ३ साउन । बबई गाउँपालिकामा रहेका १५ जना मुक्त कम्लहरीका लागि बंगुरका पाठा बितरण गरिएको छ । मुक्त कम्लहरीलाई आयआर्जनसंग जोड्नका लागि बबई गाउँपालिमा रहेका १५ जना मुक्त कम्लहरीलाई प्रतिब्यक्ति २/२ वटाका दरले ३० वटा बंगुरका पाठा बितरण गरिएको हो ।

बबई गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रमको सहयोगमा उनीहरुलाई बंगुरका पाठा बितरण गरेको हो । आर्थिक अबस्थालाई सुधार गर्न र उनीहरुका परिवारलाई आयआर्जनसंग जोड्न बंगुरका पाठा बितरण गरेको बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभयो ।

पाठा बितरण अघि गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले मुक्त कम्लहरीलाई आयआर्जनसंग जोड्न बंगुरका पाठा बितरण गर्न लागेको जानकारी दिनुभएको थियो । अरुको घरमा बसेका मुक्त कम्लहरीलाई सहज जीवन बिताउन र आर्थिक रुपमा सक्षम बनाउन बंगुरका पाठा दिइएको बताउनुभएको थियो ।

बबई गाउँपालिकामा १५ जना मुक्त कम्लहरी रहेका छन् । बंगुरका पाठा प्राप्त गरेपछि मुक्त कम्लहरीहरुले खुशी ब्यक्त गरेका छन् । स्थानीय सरकारले आफ्नो आर्थिक अबस्था सुधार गर्न बंगुरका पाठा बितरण गरेको भन्दै राज्यको लगानी खेर जान नदिने मुक्त कम्लहरी पुष्पा चौधरीले बताउनुभयो ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्