July 25, 2021

Himal News

Nepali News Portal

काङ्ग्रेसबाट मन्त्री बन्नेहरुको प्रारम्भिक लिस्ट,संचारमा देवेन्द्रराज कंडेलको सम्भावना

काठमाडौँ ।  सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको प्रारम्भिक लिस्ट तयार पारेको छ ।  आज महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरुको लिस्ट तयार पारेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर मन्त्री बन्ने सम्भावना बढेको छ । पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित देवेन्द्रराज कंडेल सेर बहादुर देउवाका विश्वास पात्र पनि हुनुहुन्छ । प्रतिद्वन्द्वीलाई करिव १० हजार बढी मतान्तरले पराजित गर्न सफल हुनुभएका कंडेलले संचार मन्त्री पाउन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

त्यस्तै कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको समूहबाट सञ्जयकुमार गौतम, कांग्रेसका अर्का महामन्त्री खड्काको समूहबाट कांग्रेस सचेतक पुष्पा भुसाल, वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट राजन केसी  र कृष्णप्रसाद सिटौलाको समूहबाट भीमसेनदास प्रधान मन्त्री बन्ने सम्भावना बढेको हो ।

गठबन्धनको सरकार भएकोले कांग्रेसले ६ मन्त्रालय पाउने लगभग पक्का जस्तै छ । यसअघि नै प्रधानमन्त्री देउवाले आफ्नै समूहका नेता बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाइसकेका छन् ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्