December 5, 2021

Himal News

Nepali News Portal

राप्ती समाज द.कोरियाको अधिवेशन तयारी पुरा

राजेश वली
१० भाद्र, दक्षिण कोरिया
राप्ती समाज दक्षिण कोरियाको पाँचौँ अधिवेशन तयारी पुरा भएको छ । २००६ सालमा स्थापना भई करिव डेढ दशक अगाडि देखि विशुध्द सामाजिक कार्य गर्दै आईरहेको यस संस्थाको यहि अगस्ट २९ तारिख हुने अधिवेशनको तयारी पुरा भएको हो ।

अगाडि नै हुनु पर्ने अधिवेशन कोरोना कारणले रोकिएको अध्यक्ष दिलमोहन पुनले जानकारी दिए । सास्कृतिक कार्यक्रम, राप्तीवासीहरूको भेटघाट, विदाइ तथा सम्मन् कार्यक्रम समेत गर्दै आईरहेको यस सस्थाले कोरोना महामारीले गर्दा कार्यक्रम समेत गर्न नसकिएको अध्यक्ष पुनले जानकारी दिए ।

राप्ती अंचल (तत्कालिन पाँच जिल्ला ) हालका छ जिल्ला दाङ, सल्यान, रोल्पा, प्युठान, रुकुम पुर्व र रुकुम पश्चिमका कोरियामा रहेका राप्तीवासीहरूको हित, समग्र राप्ती अन्चलको यथोचित सकारात्मक परिवर्तन, दुःखमा साथ र सहयोग गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको सल्लाहकार संयोजक सुक थापाले जानकारी दिए ।

अधिवेशन सुवन सहर ७ नम्बर गेट नजिक रहेको पूर्णिमा रेष्टुरेणटमा हुने भएकाले उपस्थितिका लागि राप्ती समाजका सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा शुभचिन्तमा अध्यक्ष पुनले हार्दिक अपिल समेत गरेका छन् ।

साथै अधिवेशनमा उपस्थित हुन नस्कनेहरुका लागि भर्चुअल मिटिङमा समेत जोडिन सकिने वरिष्ठ उपाध्यक्ष ओमलाल ओलीले जानकारि दिए । त्यस्का लागि Zoom ID – 3925669445 /  Passcode –   [email protected] मा जोडिएर सक्षम, निष्पक्ष, लगनशील र कुसल नेतृत्व चयन गर्न जिम्मेवार बहन गर्दिनुहुन वरिष्ठ उपाध्यक्ष ओलीले अनुरोध गरेका छन् ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्