October 25, 2021

Himal News

Nepali News Portal

राप्ती समाज द.कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा वली चयन

दिपेश वली
अगसठ २९, सोउल, द.कोरिया, राप्ती समाज दक्षिण कोरियाको पाचौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले ओमलाल वलीको अध्यक्षतामा २३ सदस्य कार्यसमिति चयान गरिएको छ । जस्को वरिष्ठ उपाध्यक्षमा दामु शर्मा, उपाध्यक्ष सन्दिप गिरि, भुपाल कुसारी, निराजन वली रहनुभएको छ । त्यस्तै महासचिवमा अमृत केसी, सचिवमा वायु पौडेल, कोषाध्यक्षमा दुर्गा रोकामगर, सह–कोषाध्यक्षमा खुमबहादुर बिष्टलाई चयन गरेको छ ।


त्यस्तै सदस्यमा प्रकाश केसी, शृधर सुबेदि, पुस्पा रोकामगर, जित बिश्वकर्मा, अमर मगर, पवन वली, राज थापा, मिलन कुसारी, दिपक बुढाथोकी, नेगजंग शाह, विपिन चन्द ठकुरी, भिमबहादुर गिरि र आलोक बुढाथोकी रहेका छन् । सस्थाको युवा संयोजकको जिम्मेवारि सोबर्न वलीलाई दिइएको छ ।
त्यस्तै अधिवेशनले दाङका लागि पिताम्बर रिजाल, बसन्त राना सल्यान, जिवन थापा प्युठान, अमृता मगर रुकुम पुर्व र रुकुम पश्चिमको लागि भानु मगरलाई जिल्ला संयोजकमा चयन गरेको छ । रोल्पाको लागि पछि थप गरिने छ ।


त्यसैगरि सस्थाको संरकक्षकमा शुकबहादुर थापा, मल्लिका थकाली, यज्ञमुर्ति पोखरेल, बिरकुमार वली, खगेन्द्र बुढामगर, बालकृष्ण शाह (जित) लाई मनोनित गरिएको छ ।
सल्लाहाकार संयोकमा निबर्तमान अध्यक्ष दिलमोहन पुन, उप–सयोजकमा मेघराज पौडेल, अन्यसल्लाहाकारमा हामे गरुङ, एची वली, शिशिर पोख्रेल, पबित्र अधिकार, केशवराज भटट्राई, कमला वली साउद, बिनोद बिसी, लोकेन्द्र चन्द, युवाराज डागी, जागृत केसी, माधव केसी, कपी कुसारी र विष्णु मगरलाई मनोनित गरिएको छ ।

राप्ती सामाज दक्षिण कोरियाका निबर्तमान अध्यक्ष दिलमोहन पुनको अध्यक्षता तथा सल्लाहाकार संयोजक शुक थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको अधिवेसनको कार्यक्रमको सहजीकरण अमृत केसीले गरेका थिए ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्