October 25, 2021

Himal News

Nepali News Portal

साझेदारी परियोजनाका कर्मचारीलाई प्राबिधिक अभिमुखिकरण कार्यक्रम शुरु

राजेश वली
१५ भदौ, नेपालगन्ज  – विभिन्न पालिका संचालन भएका कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत विभिन्न साझेदार संस्थाका कर्मचारीहरुका लागि २ दिने प्राबिधिक अभिमुखिकरण कार्यक्रम नेपालगन्जमा शुरु भएको छ ।
हेफर प्रोजेक्ट नेपालले नेपाल सरकार संग मिलेर कृषि तथा पशु बिकासका लागि संचालन गरिरहेको परियोजनाले प्राबिधिक रुपमा गर्ने कामहरु ,काम गर्ने तरिकाहरु र त्यस्ता कामहरुको उदेश्य प्राप्तिका लागि ध्यान दिने कुराहरुका बारेमा कर्मचारिहरुलाई स्पष्ट पार्ने उदेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।
विभिन्न ४ वटा पालिकाहरुमा संचालन भएका परियोजनाका कर्मचारी तथा पालिकाका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रमको उद्घाटन गरिएको छ । कार्यक्रममा बबई गाउपालिका,प्रोजेक्ट नेपाल र समाजमा वातावरणीय शिक्षाको विकास (सिड) को साझेदारीमा संचालन भएको बबई कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाबाट ११ जना, दङ्गिशरण गाउपालिकामा संचालन भएको दङ्गिशरण कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाबाट ९ जना,सरुमारानी गाउपालिकामा संचालन भएको सरुमारानी कृषि तथा पशु उद्यमशीलता परियोजनाबाट ७ जना र बैजनाथ गाउपालिक बाँकेमा संचालन भएको साना किसान उद्यमी सुदृढीकरण परियोजनाबाट ११ जना गरि ३८ जना कर्मचारीले सहभागिता जनाएको हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत महेश कुमार आचार्यले जानकारी गराउनु भएको छ ।
उत्पीडित सामुदायिक विकास केन्द्र कोहलपुर बाँकेका कार्यकारी निर्देशक रवि रोकायको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा बैजनाथ गाउपालिका बाँकेका अध्यक्ष मान बहादुर रुचाल,अतिथिहरु हेफर प्रोजेक्ट नेपालका सह निर्देशक डा. केशब शाह,हेफर प्रोजेक्ट नेपालका कार्यक्रम व्यवस्थापक प्रेम साम्बायु,वरिष्ठ कार्यक्रम अधिकृत सरद कुमार पोख्रेल,कार्यक्रम अधिकृत महेश कुमार आचार्य,जगत चौधरी ,मोनालिसा खनाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुरूवातमा कार्यक्रम ब्यवस्थापक प्रेम साम्बायुले कार्यक्रमको सफलताको सुभेक्षा व्यक्त गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आफ्नो भनाईहरु राख्ने क्रममा बैजनाथ गाउपालिकाका अध्यक्ष मान बहादुर रुचालले यो परियोजनाले साना किसानहरुलाई उद्यमशिलतामा जोड्न महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भएको थियो ।
आफ्नो पालिकामा विगत १८ महिना देखि शुरु भएको यो परियोजनाको पहिलो चरण सफलतापुर्बक सम्पन्न भएर दोस्रो चरणको थालनि भएको बताउदै कुनै पनि काम गर्दा दृढ विश्वास , कामप्रतिको इमानदारीता र सबैसँग सहकार्य गरेर अगाडि बढेमा जस्तोसुकै काम पनि सफल हुने धारणा राख्नुभएको थियो ।
साथै यो परियोजनालाई सफल बनाउन पनि आफ्नो जिम्मेवार प्रती उत्तरदायी बन्दै सहयोग र सहकार्य मार्फत अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । २ दिन सम्म चल्ने अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रको सहजीकरण हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत महेश कुमार आचार्यले गर्नुभएको थियो । हेफर प्रोजेक्ट नेपालका सहनिर्देशक डा. केशब शाह र कार्यक्रम अधिकृत मोनालिसा खनालले सयुक्तरुपमा कार्यक्रमको सहजीकरण गर्ने कार्यक्रम अधिकृत महेश कुमार आचार्यले जानकारी दिनुभएको छ ।
"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्