December 5, 2021

Himal News

Nepali News Portal

फेसबुक कम्पनीको नाम अब मेटा

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार यसअघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ ।

फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्समा बोल्दै हिजो (बिहीबार) नयाँ नाम घोषणा गरेका हुन् । फेसबुक इन्कले फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायत सामाजिक सञ्जाल चलाउँदै आएको छ। प्यारेन्ट कम्पनीको नाम परिवर्तन भए पनि ती सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ ।

अमेरिका र अरू विभिन्न मुलुकका कानुन निर्माता र नियामक निकायहरूले फेसबुकमाथि निगरानी कडा पारेका बेला जुकरबर्गले कम्पनीको रिब्रान्ड गर्न नयाँ नाम घोषणा गरेका हुन् । यो कुरा कम्पनीको नाम परिवर्तन गर्नेमा मात्र सीमित नभई भविष्यमा ‘मेटाभर्स’ मा जानका लागि गरिएको जुकरबर्गको भनाइ छ ।

मेटाभर्स शब्द उपन्यासकार निल स्टेफेन्सनले बनाएका हुन् । सन् १९८२ प्रकाशित उनको उपन्यास ‘स्नो क्र्यास’मा पहिलो पटक यो शब्द प्रयोग गरिएको थियो। यो मेटा र युनिभर्स जोडेर बनाइएको शब्द हो ।

द गार्डियनका अनसार मेटाभर्स एउटा यस्तो दुनियाँ हो जहाँ भौतिक र डिजिटल संसार एक हुन्छन् । मानिसहरू इन्टरनेटका माध्यमबाट काम गर्न सक्छन्, मिटिङ गर्न सक्छन्, कन्सर्टमा जान सक्छन् र किन्न लागेको नयाँ लुगा पनि आफूलाई फिट भए/नभएको हेर्न सक्छन् ।

"हिमाल न्युज डट कम "

हामी तपाईंहरु माझ सत्य,यथार्थपरक र ताजा समाचार पस्कने हेतुका साथ आएका छौं । हाम्रा सम्पूर्ण प्रकाशनहरुलाई हेरेर हामीलाई प्रतिकृया दिनुहोल । साथै तपाईंहरुको वरपर कुनै गतिबिधी भईरहेको छ जुन समाचार बन्न योग्य छ,त्यस्ता बिषयबस्तुलाई हाम्रो फेसबूक पेजमा म्यासेज गरेर अथवा हाम्रो ईमेल ठेगाना  [Email :[email protected] ] मा पठाउन सक्नुहुनेछ । जसलाई हामी हाम्रो अनलाइन पत्रीकाबाट प्रकाशन गर्नेछौ । हाम्रो युट्युव च्यानल हिमाल न्युज र हाम्रो अफिसियल फेसबूक पेजमा जोडीएर हाम्रा सामाग्रीहरुलाई हेर्न र पढ्न सक्नुहुनेछ । हामी सदैव हजुरहरुको साथमै रहने छौं ।

     
प्रतिक्रिया दिनुहोस्